neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • वैदेशिक रोजगार ठगीका फरार अभियुक्त पक्राउ

वैदेशिक रोजगार ठगीका फरार अभियुक्त पक्राउ

Oct 4th, 2020

काठमाडौ, असोज १८

बैदेशिक रोजगारीको फरार अभियुुक्त पक्राउ परेकाछन । महानगरीय अपराध महाशाखा मिनभवनका अनुसार सिन्धुुपाल्चोक घर भई हाल भक्तपुरको च्याम्यासिङ बस्ने ३७ बर्षिय फरार अभियुक्त बहादुर तामाङ (सुदिप) पक्राउ परेका हुुन ।

प्रहरीका अनुसार सृजना दोङ समेतको जाहेरले वादी नेपाल सरकार प्रतिवादी तुल बहादुर तामाङ समेतले ४६ लाख ५० हजार रुपैयाँ ठगी गरेको वैदेशिक रोजगार कसूर मुद्दामा निज प्रतिवादीहरु तुल बहादुर तामङ समेतलाई वैदेशिक रोजगार न्यायाधिकरणको २०७४।०५।११ को फैसला आदेशले १ वर्ष ६ महिना कैद र एक लाख ५० हजार रुपैयाँ ठहर भएको मुद्दाका फरार तामाङलाई महाशाखाबाट खटिएका प्रहरीले २०७७।०६।१६ गते दिउँसो १३ः०० बजेको समयमा का.जि.का.म.न.पा. वडा नं. २८ डिल्लीबजारमा फेला पारी पक्राउ गरेको हो । पक्राउ परेका तामाङलाई फैसला कार्यान्वयनको लागि आज आईतबार काठमाण्डौमा जिल्ला अदालत, ववरमहल, पठाईएको महाशाखाले जानकारी दिएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi