neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • उपत्यकामा २ सहित ७ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु ,मृत्यु हुनेको सङ्ख्या ५३५पुग्यो

उपत्यकामा २ सहित ७ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु ,मृत्यु हुनेको सङ्ख्या ५३५पुग्यो

Oct 4th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, १८ असोज

नेपालमा कोरोना सङ्क्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा नेपालमा थप ७ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको जानकारी दिए ।मृत्यु हुनेमा ४ महिला र ३ पुरुष रहेका छन्।

मृत्यु हुनेमध्ये चितवन,मकवानपुर ,बाके र कंचनपुरकी एक/एक गरि ४ महिला र पुरूषमा काठमाडौँ ,ललितपुर र बाँकेका ३ जना रहेका छन्।

यससँगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ५३५ पुगेको छ । यसअघि शनिबार कोरोना भाइरसका कारण ८ जनाको मृत्यु भएको थियो।

aadharbhumi
aadharbhumi
aadharbhumi