neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • काठमाडौं उपत्यकामा एकैदिनमा थपिए १ हजार ५९९ संक्रमित

काठमाडौं उपत्यकामा एकैदिनमा थपिए १ हजार ५९९ संक्रमित

Oct 4th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, १८ असोज

काठमाडौंमा उपत्यकामा थप १५९९ जनामा कोभिड–१९ का सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उपत्यकामा १५९९ जनाको पिसिआर पोजेटिभ आएको बताए ।

नयाँ संक्रमितमा काठमाडौंका १३७३ जना, ललितपुरका १८७ र भक्तपुरका ३९ जना रहेको प्रवक्ता गौतमले जानकारी दिए । यसअघि शनिबार उपत्यकामा ११७७ सङ्क्रमित थपिएका थिए।

नेपालमा आइतबार थप २ हजार २५३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै सङ्क्रमितको सङ्ख्या ८६ हजार ८२३ पुगेको छ । पछिल्लो २४ घण्टामा १ हजार ३२९ जनाले कोरोना जितेका छन् । योसँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या ६४ हजार ६९ पुगेको छ । हालसम्म १० लाख ७४ हजार ४४८ जनाको पीसीआर परीक्षण गरिएको छ।

aadharbhumi
aadharbhumi
aadharbhumi