neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • थप २२५३ जनामा कोरोना सङ्क्रमण पुष्टि ,१३२९ जना डिस्चार्ज

थप २२५३ जनामा कोरोना सङ्क्रमण पुष्टि ,१३२९ जना डिस्चार्ज

Oct 4th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, १८ असोज

आइतबार थप २२५३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज यहाँ आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा १२ हजार ७८४ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए। यो सँगै सङ्क्रमितको सङ्ख्या ८६ हजार ८२३  पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १२ हजार ७८४ जनाको परीक्षण भएको छ । क्वारिन्टिनमा रहेका व्यक्तिहरुको सङ्ख्या ४ हजार २०३ रहेको छ । कोरोना सक्रिय संक्रमितको संख्या २२ हजार २१९ छ। जसमा संस्थागत आइसोलेसनमा १० हजार ३२६ जना रहेका छन् भने होम आइसोलेसनमा ११ हजार ८९३ जनाको उपचार भइरहेको छ। हालसम्म १० लाख ७४ हजार ४४८ जनाको पीसीआर परीक्षण गरिएको छ।

थप १३२९ जना डिस्चार्ज

मन्त्रालयका अनुसार नेपालमा कोरोनाभाइरस सङ्क्रमणबाट मुक्त हुने दर लगभग ७३.७ प्रतिशत छ। नेपालमा पछिल्लो २४ घण्टामा १३२९ जनाले कोरोना जितेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालाबाट १३२९ जना डिस्चार्ज भएको बताए ।

योसँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या ६४ हजार ६९ पुगेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi