neapl investment mega bank aadharbhumi aadharbhumi

करेन्ट लागेर मृत्यु

Oct 4th, 2020

काठमाडौं, १८ असोज

बाँके, सितापुर गाउँपालिका-२ बस्ने २३ वर्षीय बिकास महतोको करेन्ट लागेर शनिबार राति मृत्यु भएको छ । जानकी गाउँपालिका-६ पिप्रहवास्थित राम नारायण चौहानको फडिन्द्र गमला उद्योगमा काम गर्ने क्रममा मिक्चर मेसिनबाट करेन्ट लाग्दा घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

चितवन, माडी नगरपालिका-६ बसन्तपुर बस्ने ६० वर्षीय सुकदेव महतोको करेन्ट लागेर शनिबार राति मृत्यु भएको छ । हरिनगरस्थित रिउखोला छेउमा गैंडा धपाउन जाने क्रममा बन्यजन्तु धपाउनको लागि बिच्छाईएको नाङगो बिद्युतको तारमा छुदा करेन्ट लागेर घाइते भएका उनको बघौडा अस्पताल माडीमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi