neapl investment mega bank aadharbhumi aadharbhumi

सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु

Oct 4th, 2020

काठमाडौं, १८ असोज

चितवन, भरतपुर महानगरपालिका-२९ स्थित सडकमा प्रदेश ३-०३००१ ह ४४७ नम्बरको अटो र ना।५० प ४५५० नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार तनहुं घिरिङ गाउँपालिका-४ बस्ने ३५ वर्षीय जित बहादुर रानाको मृत्यु भएको छ । दुर्घटना गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सोही ठाउँ बस्ने ३५ वर्षीय बेल बहादुर रानाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा घाइते भएका अटोमा सवार ५ जनालाई उपचारका लागि मेडिकल कलेज भरतपुर पठाईएको छ । घाइते भएका अटो चालकलाई उपचार पश्चात प्रहरीले नियन्त्रणमा लिएको छ ।

सिरहा, गोलबजार नगरपालिका-८ पुरानो चोहर्वास्थित सडकमा स.१ ह ३१२८ नम्बरको अटो रिक्साले साईकललाई शनिबार दिउँसो ठक्कर दिँदा साईकलमा सवार मिर्चैया नगरपालिका-११ सोनी गदवा बस्ने ३५ वर्षीया गंगा देवी ठाकुरको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएकी उनको सप्तऋषि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका साइकल चालक मृतकका श्रीमान ४१ वर्षीय राम चन्द्र ठाकुरको सोही अस्पतालमा उपचार भइरहेको छ । अटो र अटो चालकलाई प्रहरी नियन्त्रणमा लिएको छ ।

लमजुङ, बेशिसहर नगरपालिका-१ उदिपुर सडकमा ग.१ ख ६५०१ नम्बरको बस सडकबाट करिब १ सय ५० मिटर तल खसेर शनिबार राति दुर्घटना हुँदा बसमा सवार घिमिरेगाउँ बस्ने २६ वर्षीय अर्जुन परियारको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका बस चालक सोही नगरपालिका-४ बस्ने २६ वर्षीय मनोज गुरुङ समेत ३ जनामध्ये १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने अन्य २ जनालाई थप उपचारका लागि अन्नपूर्ण अस्पताल पोखरा पठाइएको छ ।दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi