neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • रौतहट हत्याकाण्डका फरार प्रतिवादी पक्राउ

रौतहट हत्याकाण्डका फरार प्रतिवादी पक्राउ

Oct 4th, 2020

रौतहट, १८ असोज

रौतहट हत्याकाण्डाका फरार प्रतिवादी बारा सिम्रौनगढ नगरपालिका-४ बस्ने ५५ वर्षीय बद्री सहनीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

२०६४ चैत २८ गते हुने संविधान सभाको चुनावलाई लक्षित गरी २०६४ चैत २७ गते साँझ राजपुर नगरपालिका-४ स्थित शेख ईद्रिशको गोठघरमा बिस्फोटक पदार्थ स्टोर गरी बम बनाउने क्रममा बम बोष्फोट हुँदा १६ जना घाइते तथा ३ जनाको मृत्यु भएकोमा घाइतेहरुलाई ट्याक्टरमा लोड गरी नजिकैको इँटाभट्टामा लगि जलाएको घटनामा संलग्न रही फरार रहेका सहनीलाई २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधाम धनुषाबाट खटिएको प्रहरीले रौतहट बौधीमाई नगरपालिका-७ बड्की बंकुलबाट पक्राउ गरेको हो ।

उक्त घटना हुँदा सहनी इँट्टाभट्टाको हेड मिस्त्री रहेको र मो।अफताब र मो।महताब आलमको निर्देशन बमोजिम उक्त घटनाका घाइतेहरु तथा मृतकहरुलाई इँट्टाभट्टाको मुग्रोमा हालेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको उक्त कार्यालयले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi