neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • स्वतन्त्र पत्रकार संघ भक्तपुरको साधारणसभा सम्पन्न

स्वतन्त्र पत्रकार संघ भक्तपुरको साधारणसभा सम्पन्न

Oct 3rd, 2020

भक्तपुर, असोज १७

स्वतन्त्र पत्रकार संघ भक्तपुरको पहिलो साधारणसभा शनिबार भक्तपुरमा सम्पन्न भएको छ । कार्यक्रममा सहभागी वक्ता पत्रकारहरुले स्वतन्त्र पत्रकारितामा जोड दिएका छन् । साधारणसभाका वक्ताहरुले पत्रकारिता सिद्धान्तमा मात्रै नभई व्यवहारमै स्वतन्त्र हुनुपर्नेे खाँंचो औंल्याए ।

स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रिय वरिष्ठ उपाध्यक्ष केवी सम्राटले सिद्धान्तत पत्रकारिता स्वतन्त्र भनिए पनि अहिले पनि व्यवहारमा त्यस्तो हुन नसकेको चर्चा गरे । स्वतन्त्र भन्ने मिडियाहरु पनि स्वतन्त्र हुन नसकेको भन्दै उनले स्वतन्त्र पत्रकारिताको महत्वबारे चर्चा गरे । उनले स्वतन्त्र व्यक्तिबाट मात्रै स्वतन्त्र पत्रकारिता हुनसक्ने भएको पनि बताए ।

कार्यक्रमममा उनले स्वतन्त्र पत्रकार संघ नेपाल महासंघमा परिणत हुने क्रममा रहेको बताए । कार्यक्रममा स्वतन्त्र पत्रकार संघ काठमाडौंका सचिव प्रताप रानामगर, ललितपुरका अध्यक्ष वद्री दुलाल, भक्तपुरका अध्यक्ष डा इन्दुल केसी, सचिव रेणु त्वानाबासु, कोषाध्यक्ष कृष्णराम प्रजापति, जिल्ला सदस्य सीतालक्ष्मी प्रजापति, केन्द्रिय पार्षद् कृष्ण किसीलगायतले स्वतन्त्र पत्रकारितामा विशेष जोड दिएका थिए । त्यस्तै सहृदयता समाजका अध्यक्ष बलराम प्रजापति, एवीसीडी खवर डटकम अनलाइनका प्राविधिक इन्जिनियर राजन कुसीलगायतले पनि शुभकामना व्यक्त गरेका थिए ।

aadharbhumi
aadharbhumi
aadharbhumi