neapl investment mega bank
  • गृहपृष्ठ
  • राप्रपाका अध्यक्ष राणाद्धारा लोकहितको मागप्रति सरकार उदासिन रहेको भन्दै चिन्ता व्यक्त

राप्रपाका अध्यक्ष राणाद्धारा लोकहितको मागप्रति सरकार उदासिन रहेको भन्दै चिन्ता व्यक्त

Oct 2nd, 2020

काठमाडौं, असोज १६

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर राणाले चिकित्सा शिक्षाको सुधार जस्तो लोकहितको मागप्रति सरकार उदासिन रहेको भन्दै चिन्ता प्रकट गरेका छन् ।

डा. गोविन्द केसीको स्वास्थ्य अवस्था चिन्ताजनक बनेको भन्दै नागरिक जीवन रक्षाको भार बोध गर्न सरकारलाई अध्यक्ष राणाले आह्वान गरेका छन् । डा. केसीको जायज माग पूरा गर्न गंभीर बन्नु पर्ने भन्दै सरकारको ध्यानाकर्षण पनि गराएका छन् ।

‘चिकित्सा शिक्षाको सुधार विमित राख्ने विषय हैन । तै १९ दिन यता अनसनरत डा. गोविन्द केसीको यही माग सम्बोधन गर्ने सरकार तत्पर छैन,’ शुक्रबार ट्वीट गर्दै राणाले भने । ‘उनको स्वास्थ्य चिन्ताजनक स्थितिमा छ । नागरिक जीवन रक्षाको भार बोध गर्दै गंभीर बन्न र जायज माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराउदछु ।’