neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • कोरोना सङ्क्रमितको अस्पताल लैजाँदै गर्दा एम्बुलेन्समा मृत्यु

कोरोना सङ्क्रमितको अस्पताल लैजाँदै गर्दा एम्बुलेन्समा मृत्यु

Oct 2nd, 2020

लहान, १६ असोज /रासस

कोरोना सङ्क्रमित एक पुरुषको अस्पताल लैजाँदै गर्दा बाटोमा नै आज मृत्यु भएको छ । मृत्यु हुनेमा सुखीपुर नगरपालिका २ का ५५ वर्षीय पुरुष रहेका छन् ।

विराटनगरस्थित नोबेल मेडिकल कलेजको भेन्टिलेटरमा उपचाररत उहाँलाई थप उपचारका लागि विराट मेडिकल कलेज लगिदै गर्दा एम्बुलेन्समै मृत्यु भएको मेडिकल कलेजका आइसोलेशन प्रमुख सुनिल देवले जानकारी दिनुभयो । उपचारकै क्रममा गत बिहीबार साँझ ती पुरुषमा कोरोना पुिष्ट भएको थियो । योसँगै कोरोनबाट सिरहामा मृत्यु हुनेको सङ्ख्या १४ जना पुगेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi