neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • अस्पतालको लापर्वाहीले गर्दा लाखाजुको ज्यान गयो

अस्पतालको लापर्वाहीले गर्दा लाखाजुको ज्यान गयो

Oct 2nd, 2020

भक्तपुर, १६ असोज

गत शुक्रवार हिंडेर इवामुरा अस्पतालमा इन्डोस्कोपी गर्न गएका लक्ष्मीकुमार लाखाजुको नर्भिक अस्पतालमा एकहप्तापछि निधन भएको छ ।

पीडित व्यक्तिका घरपरिवार, आफन्त र स्थानीयले अस्पताल घेराउ गर्दै बिहीबार उपचार खर्च अस्पतालले नै व्यहोर्ने गरी सहमति गरेको एकदिन पछि नै ४७ वर्षीय लाखाजुको निधन भएको हो । पीडित परिवार र अस्पतालबीच बिरामी लक्ष्मीकुमार लाखाजुुको उपचारमा लाग्ने सम्पूर्ण खर्च इवामुरा अस्पतालले व्यहोर्ने सहमति भएको र शुक्रवार भेन्टिलेटरबाट निकाल्ने वित्तिकै मृत्यु भएको मृतकका भाइ बिजेश लाखाले बताए ।

सहमतिसँगै अस्पतालमा बिरामीका घरपरिवार, आफन्त तथा सर्वसाधारणले गरेको विरोध प्रदर्शन स्थगित गरेका थिए । शुक्रवार नर्भिकले थप उपचार हुन नसक्ने र घर लैजानु भनेपछि भेन्टिलेटरबाट निकालिएको थियो ।

लक्ष्मीकुमार पेसाले सिकर्मी हुन् । भक्तपुर नपा ९ च्याम्हासिंहमा उनले सञ्चालन गर्ने फर्निचरले उनको घरपरिवारको जिविका चल्दै आएको छ । भक्तपुरको सल्लाघारीस्थित इवामुरा अस्पतालले गत शुक्रवार हिंडेर इन्डोस्कोपी गर्न गएका भक्तपुर चोर्चाका स्थायी बासिन्दा लाखाजुको ज्यान जोखिममा पारेको विरुद्धमा विहिवार दिनभर अस्पताल क्षेत्र तनावग्रस्त रहेको थियो ।
अस्पतालको लापर्वाही र चिकित्सकको हेलचक्र्याँइका कारण इन्डोस्कोपी गर्दा भित्री अंगमा असर पुुग्दा लाखाजुको निधन भएको परिवारस्रोतले जनाएको छ ।

इन्डोस्कोपी गर्दागर्दै इवामुरा अस्पतालले एक्सपायरड भन्दै मृत्यु भएको रिपोर्ट दिएपछि आत्तिएका उनका भाइ विजेस लाखा र छोरा नविनले तत्काले अर्को अस्पतालमा लान जोडबल गरेपछि थापाथलीस्थित नर्भिक अस्पतालमा लगिएको थियो । नर्भिक अस्पतालले जिउँदै रहेको भन्दै एक हप्ता भेन्टिलेटरमा राखी उपचार गरिरहेको थियो । नर्भिक अस्पतालले रगतको प्रवाह रोेकेका कारण मस्तिष्कमा क्षति पुुगेको र थप उपचार अस्पतालमा गर्नुुभन्दा घरमा लानु जाति भनेपछि शुक्रवार दिउँसो भेन्टिलेटरबाट निकालिएको थियो ।

इवामुराले मृत्यु भयो भनी थप उपचार नगरेकाले र अस्पतालमा खासै सुविधा नभएकाले सिकर्मी पेश ागर्ने लक्ष्मीकुुमारको मृत्यु भएको ठहर स्थानीय बासिन्दाको छ । उनीहरु भन्छन्,‘इवामुराले मृत्युु भयो भनेको व्यक्तिको उपचार किन नर्भिकमा जीउँदै छ भन्दै इवामुरा अस्पतालकै रिफरमा एक हप्ता उपचार भइरह्यो त ?’

चिकित्सकको लापर्वाहीले गर्दा र इन्डोस्कोपीको खराबी एवम इवामुरा अस्पतालको हेलचक्रयाँइका कारण सामान्य फर्निचरको काम गर्ने लाखाजुको निधनपछि उनको परिवार नै जोखिममा परेको छ ।
जनताको स्वास्थ्य अधिकार र जनस्वास्थ्य ऐनको प्रत्याभुतिका लागि सरकार सजग नभएका कारण उपचार गर्न गएकाहरुको अनाहकमा ज्यान गइरहेको मृतकका आफन्त रत्नश्वरी चवालले बताइन् ।
‘एउटा सकुुशल व्यक्ति घाँटी दुख्नुको कारण खोज्न जाँदा ज्यान जानुु आश्चर्यको कुरा हो। त्यसमाथि उपचारको क्रममा के भएको हो भनेर जान्न पाउने प्रत्याभुति जनस्वास्थ्य ऐनले व्यवस्था गरे पनि स्वास्थ्यको व्यापार गर्दै आएको अस्पतालले विरामीको परिवारको भावनामाथि ठेस पुु¥याएको छ । ’, उनले भनिन् ।

aadharbhumi
aadharbhumi
aadharbhumi