neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • सवारी साधन तोडफोड तथा महिलालाई हातपात गरेको अभियोगमा चार जना पक्राउ

सवारी साधन तोडफोड तथा महिलालाई हातपात गरेको अभियोगमा चार जना पक्राउ

Oct 2nd, 2020

काठमाडौं, १६ असोज

चन्द्रागिरी नगरपालिका-१४ नैकाप बाईछापस्थित सडकको किनारामा पार्किङ गरी राखेका सवारी साधनमा तोडफोड तथा एक जना महिलालाई हातपात गरी अभद्र व्यवहार गरेको अभियोगमा ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा चन्द्रागिरि नगरपालिका-१४ नैकाप बस्ने सुनसरी घर भएका २६ वर्षीय जस राज लिम्बु, सिन्धुली मनबा घर भएका १८ वर्षीय किशोर, धादिङ निलकण्ठ नगरपालिका घर भएका २१ वर्षीय प्रबिन झेडी र काठमाडौं चन्द्रागिरी नगरपालिका-१४ नैकाप बस्ने १९ वर्षीय सबिन चापागाई रहेका छन् ।

उनीहरुले महिलालाई विभिन्न अपशब्दहरु प्रयोग गर्दै हातपात गरी घाइते बनाउनुका साथै पार्किङ गरी राखेका बा.८ च ५२६८, प्रदेश ३-०१-०२२ च ०८४३ नम्बरको गाडी र बा.२ ज १९६५ नम्बरको ट्याक्सीमा तोडफोड गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । तोडफोडबाट ३ वटै सवारी साधनका शिशा फुटेर क्षति भएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको उक्त वृत्तले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi