neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • उपत्यकामा ५ सहित ११ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु ,मृत्यु हुनेको सङ्ख्या ५२० पुग्यो

उपत्यकामा ५ सहित ११ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु ,मृत्यु हुनेको सङ्ख्या ५२० पुग्यो

Oct 2nd, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, १६ असोज

नेपालमा कोरोना सङ्क्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा नेपालमा थप ११ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको जानकारी दिए ।मृत्यु हुनेमा ४ महिला र ७ पुरुष रहेका छन्।

मृत्यु हुनेमध्ये भक्तपुरकी दुई, काठमाडौंकी एक र सुर्खेतकी एक गरि चार महिला र पुरूषमा मोरङ ,मकवानपुर,रुपन्देहीका एक/एक गरि तीन ,ललितपुर र बाँकेका दुई/दुई गरि ४ जना रहेका छन्।

यससँगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ५२० पुगेको छ । यसअघि बिहीबार कोरोना भाइरसका कारण ११ जनाको मृत्यु भएको थियो।

aadharbhumi
aadharbhumi
aadharbhumi