neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • काठमाडौं उपत्यकामा एकैदिनमा थपिए १ हजार ६३८ संक्रमित

काठमाडौं उपत्यकामा एकैदिनमा थपिए १ हजार ६३८ संक्रमित

Oct 2nd, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, १६ असोज

काठमाडौंमा उपत्यकामा थप १६३८ जनामा कोभिड–१९ का सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उपत्यकामा १६३८ जनाको पिसिआर पोजेटिभ आएको बताए ।

नयाँ संक्रमितमा काठमाडौंमा १२८०,ललितपुरमा १६२ र भक्तपुरमा १९६ जना रहेको प्रवक्ता गौतमले जानकारी दिए । यसअघि बिहीबार उपत्यकामा ९४३ सङ्क्रमित थपिएका थिए।

नेपालमा बुधवार थप २ हजार ७२२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै सङ्क्रमितको सङ्ख्या ८२ हजार ४५० पुगेको छ । पछिल्लो २४ घण्टामा ३ हजार ३०७ जनाले कोरोना जितेका छन् । योसँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या ६० हजार ६९६ पुगेको छ । हालसम्म १० लाख ४८ हजार ६८६ जनाको पीसीआर परीक्षण गरिएको छ।

aadharbhumi
aadharbhumi
aadharbhumi