neapl investment mega bank
  • गृहपृष्ठ
  • भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या झन्डै एक लाख नजिक

भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या झन्डै एक लाख नजिक

Oct 2nd, 2020

आधारभूमि संवाददाता

काठमाडौं, १६ असोज

भारतमा कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरुको संख्या ६३ लाख ९७ हजार भन्दा बढी पुगेको छ । स्रोतको अनुसार कुल सङ्क्रमितको संख्या ६३ लाख ९७ हजार ८९६ पुगेको हो । ती मध्ये ८१ हजार ४८४ जना पछिल्लो २४ घण्टामा थपिएका छन् ।

कुल सङ्क्रमित मध्ये ९ लाख ४५ हजार ९८५ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् । त्यस बाहेक ५३ लाख ५२ हजार ७८ जना सङ्क्रमणमुक्त भएका छन् ।

भारतमा अहिलेसम्म ९९ हजार ८३३ जनाको कोरोनाभाइरसकै कारण मृत्यु भएको छ । ती मध्ये एक हजार ९५ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको छ ।

चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

पछिल्लो विवरण अनुसार अमेरिकामा कुल सङ्क्रमितको संख्या ७४ लाख ९४ हजार ६७१ पुगेको छ । त्यसैगरी यहाँ कुल मृतकको संख्या २ लाख १२ हजार ६६० पुगेको छ ।

स्रोत: वर्ल्डोमीटर

https://www.worldometers.info/coronavirus/