neapl investment mega bank aadharbhumi aadharbhumi

एपीएफ टोलीद्वारा शव फेला

Oct 2nd, 2020

काठमाडौं, असोज १६

बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिका २ टिकुलिपुर स्थित राप्ती नदिको दोभानबाट असोज १५ गते एपीएफ टोलीले एक जनाको शव फेला पारेको छ । सोही गाउँपालिका ५ बस्ने ३३ वर्षिय कबिराज थारु सो नदिमा मृत अवस्थामा फेला परेका थिए । सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४२ रिजर्भ गण बाँकेबाट खटिएको एपीएफ टोलीले उनको शव उक्त नदिबाट बाहिर निकालेको हो ।
यसैगरी धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका ४ धनुषा सागरबाट असोज १५ गते एक जनाको शव एपीएफ टोलीले फेला पारेको छ ।

नाम वतन नखुलेका अन्दाजी ४५ वर्षिय पुरुष व्यक्ति उक्त सागरमा असोज १४ गते डुवेर बेपत्ता भएको भन्ने जानकारी प्राप्त भएपछि सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश जनकपुरबाट खोजी तथा उद्वार कार्यको लागि खटिएको एपीएफ टोलीले उक्त शव पानीमा तैरिएको अवस्थामा फेला पारी बाहिर निकालेको हो ।

aadharbhumi
aadharbhumi
aadharbhumi