neapl investment mega bank aadharbhumi aadharbhumi

एपीएफ टोलीद्वारा अवैध सामान बरामद

Oct 2nd, 2020

काठमाडौं, असोज १६

उदयपुर जिल्लाको त्रियुगा नगरपालिका ६ लालपट्टाबाट असोज १४ गते एपीएफ टोलीले करीव एक लाख ९० हजार रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ ।

अवैध रुपले ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको सुर्तीजन्य पदार्थ, ईलेक्ट्रोनिक सामान र मोवाईल पार्ट्स सशस्त्र प्रहरी बल, नेपाल नम्बर ५ गण उदयपुरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान करदाता कार्यालय उदयपुरमा बुझाएईको छ ।

यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३५ गण कञ्चनपुरबाट खटिएको एपीएफ टोलीले असोज १५ गते करीव एक लाख ३९ हजार रुपैयाँ बराबरको सुर्तीजन्य पदार्थ बरामद गरेको छ । बेवारिसे अवस्थामा रहेको उक्त सुर्तीजन्य पदार्थ एपीएफ टोलीले कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका ७ परासन स्थित सीमा ईलाकाबाट बरामद गरेको हो ।

aadharbhumi
aadharbhumi
aadharbhumi