neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • राष्टिय व्यवसायिक पहलद्धारा लकडाउन नदोरह्याउन सरकारसंग माग

राष्टिय व्यवसायिक पहलद्धारा लकडाउन नदोरह्याउन सरकारसंग माग

Oct 2nd, 2020

काठमाडौ, असोज १६

राष्ट्रिय व्यवसायिक पहल (एनबिआई) का अध्यक्ष कुशकुमार जोशीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले स्वास्थ्य तथा जनसख्या मन्त्री भानुभक्त ढकालसंग भेटघाट गरी लकडाउन नदोरह्याउन सरकारसंग अनुरोध गरेको छ । प्रतिनिधि मण्डलमा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, नेपाल चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष एवं राष्ट्रिय व्यवसायिक पहलका महासचिव सुरेन्द्रवीर मालाकार, नेपाल चेम्वर अफ कमर्सका उपाध्यक्ष एवराष्ट्रिय व्यवसायिक पहलका कोषाध्यक्ष दिपक मलहोत्रा, रेष्टुरेन्ट तथा वार एशोसिएसन नेपालका अध्यक्ष अरनिको राजभण्डारी एवं होटल एशोसिएसन नेपालका प्रमुख कार्यकारी अधिकृतको उपस्थिति रहेको थियो ।

भेटघाटमा कोभिड संक्रमण न्युनीकरणमा निजी क्षेत्रले गरेको प्रयास र सरकारको भूमिका सम्वन्धमा समेत छलफल गरेको छ । पहलका अध्यक्ष कुशकुमार जोशीले कोरोना महामारी नियन्त्रणको लागि सरकारले जारी गरेको ६ महिनाभन्दा लामो लकडाउनका कारण सम्पूर्ण व्यवसायिक क्षेत्र धराशायी भएको बताउँदै मुलुकले अब थप अनिश्चितकालिन बन्द थेग्न नसक्ने भन्दै यसको विकल्पमा ध्यान दिन सरकारसंग आग्रह गरे । सरकारले लकडाउन खुकुलो पारेसंगै विस्तारै अर्थतन्त्रले गति लिन शुरु गरेको वताउदै कोभिडले निम्त्याउने सक्ने जोखिम समाजमा केहि वर्ष सम्म रहन सक्ने विज्ञहरुले अनुमान गरेकाले सम्भावित जोखिम न्युनीकरण गरी व्यवसायिक क्रियाकलापलाई सुरक्षित एवं बैज्ञानिक रुपमा सञ्चालन गर्न निजी क्षेत्र प्रतिवद्ध छ र यसमा सरकारको ठोस सहयोगको आवश्यकता रहेको बताए ।

मुलुकको सामाजिक तथाआर्थिक क्षेत्र थप धरायसी हुन नदिन अर्थतन्त्रलाई चलायमान बनाउनुपर्नेमा शुरुवातीचरण देखिनै पहलले जोड दिदै आएको बताउदै महामारी शुरु हुनासाथ अत्यावश्यकीय वस्तु सेवा लगायत सम्पुर्ण क्षेत्र क्रमश सुचारु गर्दै जानुपर्ने आवश्यकता महशुस गरी पहलले तत्कालै कोभिड १९ का लागि “आधारभुत व्यवसायिक योजना पुर्वतयारी एवं सञ्चालन योजना” सार्वजनिक गरी आम उद्योग व्यवसाय सञ्चालनको आधार तयार गरेको, स्वास्थ्य सुरक्षा सामग्री सरकारलाई हस्तान्तरण गरेको, क्षेत्रगतरुपमा सवै क्षेत्रमा प्रोटोकल निर्माणमा सहयोग एवपे्ररित गरिरहेको, आफै जिम्मेवार भई स्वघोषणा गर्ने लगायतका कार्यमा सघाउ पुरयाउदै पहले हाल स्तरीय प्रोटोकल निर्माणको प्रक्रियामा रहेकोे जानकारी गराए ।

यसको कार्यान्वयवनका लागि सरकार, जनस्वास्थ्य अधिकृत तथा राष्ट्रिय व्यवसायिक पहल सम्मिलित अनुगमन टोली गठन गर्ने, उक्त प्रोटोकलको पालना भए नभएको अनुगमन÷मुल्याकन गरी प्रमाणित गर्ने व्यवस्था मिलाई यसलाई मुलुकभरका सवै स्थानिय निकायहरुमार्फत लागु गर्न सरकारसंग अनुरोध गरे । पि.सि.आर. परीक्षणलाई नियमावली बनाई मितव्ययी र पारदर्शीरुपमा अगाडी बढाउनको लागि सरकारसंग आग्रह गर्दै सरकारी सेवा प्रवाह हुने क्षेत्रलाई थप सुधार गरी व्यवस्थित बनाउनपर्ने, सवै निकाय खासगरी जनसम्पर्क बढी हुने कार्यालयहरु प्रोटोकल तयार गरी त्यसको पुर्ण पालना गर्नु गराउनुपर्ने, सम्भव भएसम्म सरकारी कार्यमा अनलाईन सेवालाई प्रवद्र्धन गर्नेुपर्ने आवश्यकता रहेको सरकारको ध्यानाकर्षण गराए । यसैगरी नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले विप्रेषणमा आधारित नेपाली अर्थतन्त्र, पर्यटन क्षेत्र, सेवा व्यापार, यातायात क्षेत्र, निर्यात व्यापार, रोजगारी कटौती लगायत साना, मध्यम तथा ठुला सवै खालका व्यवसाय धरासायी भएको वताउदैसमग्र अर्थतन्त्रको सुक्ष्म अध्ययन गरी अर्थतन्त्रलाई जोगाउन अल्पकालिन तथा दिर्घकालिन योजना, राहत तथा पुर्नउत्थानका कार्यक्रमका साथ अघि बढ्नु पर्र्नेमा जोड दिए ।

पहलका महासचिव सुरेन्द्रवीर मालाकारले विभिन्न समस्याका विच अघि बढिरहेको नेपालको औद्योगिक व्यवसायिक क्षेत्रमा कोभिडले थप नयां गम्भिर चुनौति सिर्जना गरेको वताउदै यसको समाधानमा सरकार तथा निजी क्षेत्रको ठोस सहकार्यको आवश्यकता औल्याए । पहलको जिज्ञासालाई सम्वोधन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोभिड १९ को नियन्त्रण र आर्थिक गतिविधीलाई सुचारु गर्न राष्ट्रिय व्यवसायिक पहलले लिएको जिम्मेवार व्यवसायिक अभ्यासलाई सह्राहना गर्दे निजी क्षेत्रबाट प्राप्त महत्वपूर्ण सुझावलाई स्वास्थ्य मन्त्रालयले गम्भिरतापूर्वक लिएको र यसको कार्यान्वयनका लागि सम्वन्धित सवै निकायसंग सहकार्य गरी अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्दै गरे । लकडाउनको विषयमा आएको समाचारमा सत्यता नभएको बताउदै सरकार अब लकडाउनलाई निरन्तरता दिने मनस्थितिमा नरहेको जानकारी गराउदै निजी क्षेत्रलाई आश्वस्त गराए ।

सिमित श्रोत र साधनका बावजुद सरकारले अधिकतम सेवा पुरयाउन प्रयासरत रहेको भन्दै आमनागरीकले निर्धारित मापदण्डको पालना गर्न सहयोग गर्नुपर्ने बताए । विश्वव्यापी रुपमा फैलिरहेको महामारीबाट पार पाउन तथा सम्भावित क्षति न्युनीकरणका गरी जिम्मेवार व्यवसाय प्रवद्र्धन गर्ने राष्ट्रिय व्यवसायिक पहलको यस प्रयासमा सरकार, सरोकारवाला, नागरीक समाज तथा सञ्चारकर्मी सवैको ठोस र सकारात्मक सहयोगको अपेक्षा पहले लिएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi