neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • डाक्टर केसीको जीवन रक्षा गर्न सार्थक वार्ता गरः इन्सेक

डाक्टर केसीको जीवन रक्षा गर्न सार्थक वार्ता गरः इन्सेक

Oct 2nd, 2020

काठमाडौ, असोज १६

व्यक्तिको जीवनको रक्षा गर्ने संवैधानिक दायित्व सरकारको भएको स्मरण गराउँदै अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले अनशनरत डाक्टर गोविन्द केसीको जीवन रक्षाका लागि सार्थक पहलकदमी लिन नेपाल सरकारसमक्ष माग गरेको छ । इन्सेककी अध्यक्ष डाक्टर इन्दिरा श्रेष्ठद्वारा असोज १६ गते जारी प्रेस विज्ञप्तिमा यस्तो माग गरिएको हो ।

‘डाक्टर गोविन्द केसी १९ औँ अनशन बस्नु भएको १८ दिन पूरा भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा एमबीबीएस कार्यक्रम सञ्चालन र विभिन्न भ्रष्टाचार काण्डहरूको छानविन गर्नुपर्ने लगायतका ६ बुँदे माग राखी अनशनरत डा. केसीको बिग्रँदो स्वास्थ्य अवस्थाप्रति इन्सेक चिन्ता जाहेर गर्दछ ।’–विज्ञप्तिमा भनिएको छ ।

कोभिड–१९ का कारण फैलिएको विश्वव्यापी महामारीको प्रतिकार्य गर्नसमेत सार्वजनिक स्वास्थ्य संचरनाको सुदृढीकरण र असल शासन आवश्यक देखिएको पनि विज्ञप्तिमा उल्लेख छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi