neapl investment mega bank aadharbhumi aadharbhumi

सुन सहित युवक पक्राउ

Oct 2nd, 2020

कपिलवस्तु, १६ असोज

मायादेवी गाउँपालिका-७ वनकसियाबाट ५ सय ग्रामको १० थान सुनका बाला, १६ ग्रामको १ थान सिक्री, ३५ लालको १ थान औंठी र नगद ८ हजार ९ सय २५ रुपैयाँ सहित २ जनालाई बिहीबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा मायादेवी गाउँपालिका-४ बस्ने ३२ वर्षीय पवन कुमार गुप्ता र सोही ठाउँ बस्ने १६ वर्षीया किशोरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेको लु.५६ प ६३१० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त सुन सहित फेला पारी मोटरसाइकल चालक गुप्ता र मोटरसाइकलमा सवार किशोरीलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi