काठमाडौं, असोज १६
कृषि बिकास बैकले काठमाडौ जिल्लाको मुलपानी फुयाल गाउंमा पनि सुविधा सम्पन्न आधुनिक बैकिङ्ग कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकका अनुसार कागेश्वरी नगरपालिकामा कृषि विकास बैंकको पूर्ण आधुनिक बैकिङ्ग सहित नयाँ शाखाको रुपमा सेवा संचालन शुभारम्भ गरिएको हो ।
उक्त सेवा संचालनको शुभारम्भको शुभ अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय, काठमाडौ जिल्ला क्षेत्र नं. २ का प्रदेश सभा सदस्य माननिय मणीराम फुयाल, कागेश्वरी नगरपालीकाका मेयर कृष्ण हरी थापा, स्थानिय राजनीतिक दलका प्रतिनिधिहरु तथा नेपाली कांग्रेश क्षेत्र नं २ का क्षेत्रिय सभापति उपेन्द्र कार्की, कागेश्वरी मनोहरा न.पा. वडा नं. ६ का अध्यक्ष प्रकाश फुयाल लगायत स्थानीय विद्यालयका प्रधान अध्यापकहरु तथा भद्रभलादमीहरुको उपस्थिती रहेको थियो । कोभिड–१९ कारणले औपचारीकरुपमा कार्यलयको उदघाटन हुन नसकेपनि न्यूनतम अप्नाउनु पर्ने सावधानी अप्पनाई बैंकिङ्ग सेवा संचालनको शुभारम्भ भयो ।
उक्त अवसरमा कृषि विकास बैंक लि.प्रदेश कार्यालय बागममतिका प्रमुख सुन्दर प्रसाद खतिवडा, विभागीय प्रमुख अजय कुमार रिमाल, विभागीय प्रमुख तथा प्रवक्ता हिमलाल पौडल, कृषि विकास बैंक प्रदेश कार्यालय काठमाडौका छगेन्द्र आचार्य लगायत अन्य कर्मचारीहरु समेत उपस्थित रहेको थियो ।