neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • प्रहरीले नै पिडितलाई पिडा थप्यो , दोषिलाई उन्मुक्ति,अत्याचार गर्नेलाई कारवाहीको माँग

प्रहरीले नै पिडितलाई पिडा थप्यो , दोषिलाई उन्मुक्ति,अत्याचार गर्नेलाई कारवाहीको माँग

Oct 2nd, 2020

वीरगंज, असोज १६

वडा प्रहरी कार्यालय श्रीपुरले कुटपिटमा संलग्नहरुलाई उन्मुक्ति दिएपछि प्रहरी प्रतिको जनविश्वास गुम्न थालेको छ । नेपाल पत्रकार महासंघको सभाहलमा आज पिडित राकेश साह र रमेश पासवानले पत्रकार सम्मेलन गरि सो गुनासो गरेका हुन ।

घटना बिवरण अनुसार असोज १३ गते बिहान ८ः३० बजे रमेश पासवानका छोरा अजय पासवानलाई बाटोमो कुटपिट गरिरहेको देखेपछि सुजित साहले झगडा छोडाएको केहि समय पछि वीरगंज २३ प्रसौनी बिर्ताका ईमरान अंसारी,ईरफान अंसारी,खुरसिद अंसारी, नुरसिद अंसारी,ग्यासुदिन मियाँ, , मनिफ अंसारी र कमरोदा अंसारी सहितको हुलले स्थानिय राकेश साहको घरमा प्रवेश गरि तिन बर्षकि छोरी आरुषि साह, भाई सुजित साह, आमा धर्मशिला देवी स्थानिय अजय पासवान र निरज श्रेष्ठलाई कुटपिट गरि गम्भिर घाइते बनाएको कुरा पीडित पक्षधरले नेपाल पत्रकार महासंघको सभाहलमा आज आयोजित पत्रकार सम्मेलनमा बताएका हुन ।

कुटपिटबाट गम्भिर घाईते धर्मशिला देवी र सुजित साहको वीरगंज न्युरो हस्पिटल पानी टंकी र अजय पासवानको सुर्य हस्पिटलमा उपचार भईरहेको जनाइएको छ । कुटपिट गर्ने बिरुद्ध जाहेरी दिदा समेत प्रहरीले जाहेरी नलिई थप पिडा दिने काम गरेको कुरा पत्रकार सम्मेलनमा पीडित राकेश साहले बताए । वडा प्रहरी कार्याल श्रीपुरका प्रहरी निरिक्षक दिपक साहले पक्राउ गरेका चार जनालाई समेत छोडेर पिडितलाई थप पिडा दिने काम गरेको पत्रकार सम्मेलनमा पिडित साहले जनाएका छन । । पिडितको उपचार भईरहेको बेला आक्रमण गर्नेलाई उन्मुति दिई घटना दवाउन प्रहरीे नै सक्रिय रहनुले प्रहरी नै दोषीलाई उन्मूक्ति दिने र निर्दोषलाई झन त्रसित बनाउने काममा लाग्नुले कानूनी राजको समेत उपहास भएको कुरा पीडितले पत्रकार सम्मेलनमा जनाए ।
असोज १८ गते आईतबार सम्म प्रहरीले जाहेरी लिएन भने स्थानीय न्यायका पक्षधरको बीचमा जाने र सडक आन्दोलन गर्ने चेतावनी समेत पत्रकार सम्मेलनमा अर्का पीडित रमेस पासवानले दिएका छन । पत्रकार सम्मेलनमा स्थानिय प्रहलाद गुप्ता लगायत स्थानियहरुको सहभागिता रहेको थियो ।

aadharbhumi
aadharbhumi
aadharbhumi