काठमाडौ, असोज १६
बाग्लुङ जिल्लाको बाढी पहिरोले क्षतिग्रस्त ढोरपाटन नगरपालिकाको वडा नं. ७, ८ र ९ को गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री.किरण गुरु¨ र भौतिक योजना मन्त्री राम शरण बस्नेतबाट बिशेष निरिक्षण भएको छ । सो अवसरमा बाढी प्रभावित बोबा¨ वडा अन्तर्गतका स्थानियहरु संग उनीहरुले प्रत्यक्ष भेट गरेकाछन । स्थानियहरुको समस्या बुझी शीघ्र उक्त ठाउ“हरुमा केन्द्रिय बिद्युत प्रसारण लाईनको सेवा पु¥याउने क्षतविक्षत भएका संरचनाहरुको निर्माणका लागि प्रदेशका तर्फबाट बिशेष प्रकारको सुविधा सम्पन्न सेवा प्रवाहिका लागि कार्यालय स्थापना गर्ने जानकारी दिईएको छ । सो स्थानमा पहिरोले करिब ३७ जनाले ज्यान गुमाएको, विद्यालय, स्वास्थ्य चौकी, लघु जलविद्युत, पुल र एक सय वटा जति घर उक्त घटनाको कारण ध्वस्त भएका छन ।
बुर्तिबा¨ बजारमा आयोजित कार्यक्रममा ढोरपाटन नगरपालिकाका प्रमुख, आर्थिक मामिला मन्त्री र भौतिक योजनामन्त्रीले विशेष मन्तब्य राखेका थिए । उक्त अवसरमा प्रभु बैंकका प्रमुख कारी अधिकृत अशोक शेरचनद्धारा नगरपालिकालाई वाढीपिडित उद्वार कोषमा रहने गरि ५००,०००/- रुपैया सहयोग प्रदान गरेकाछन ।