neapl investment mega bank
  • गृहपृष्ठ
  • प्रधानसेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

प्रधानसेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

Oct 1st, 2020

काठमाडौ, असोज १५

प्रधानसेनापति पुर्णचन्द्र थापाले दर्जयानी चिन्ह प्रदान गरेकाछन । सेनाका अनुसार असोज १२ गतेको मन्त्रीपरिषद्को निर्णय अनुसार उपरथी दर्जामा पदोन्नति भएका प्राविधिक सहायक रथी शरदलाल श्रेष्ठलाई प्रधानसेनापति थापाले आज बिहिबार जंगी अड्डामा आयोजित एक विशेष कार्यक्रमका बीच उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुुन ।

उपरथी दर्जामा पदोन्नति हुनुभएका प्राविधिक उपरथी श्रेष्ठलाई ईन्जिनियरिङ विभाग, विभागीय प्रमुखको जिम्मेवारी दिईएको छ । उक्त कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको थियो ।