neapl investment mega bank
  • गृहपृष्ठ
  • सिद्धार्थ बैंकको ८.५० प्रतिसत एस.बि.एल. डिबेन्चर २०८४ ऋणपत्र निष्काशन

सिद्धार्थ बैंकको ८.५० प्रतिसत एस.बि.एल. डिबेन्चर २०८४ ऋणपत्र निष्काशन

Oct 1st, 2020

काठमाडौ, असोज १५

सिद्धार्थ बैंक लिमिटेडले यही असोज १६ गतेदेखि ३ अर्ब रुपैयाँको ३० लाख कित्ता ऋणपत्र निष्काशन खुला गर्ने भएको छ । बैंकले प्रतिकित्ता एक हजार रुपैयाँको दरले ३० लाख कित्ता ८.५० प्रतिसत एस.बि.एल. डिबेन्चर २०८४ बिक्री खुला गर्न लागेको हो । यसमा लगानीकर्ताले वार्षिक ८.५० प्रतिसत ब्याजदर पाउन सक्नेछन ।

बैंकले ३० लाख कित्ता ऋणपत्र मध्ये १२ लाखकित्ता सर्वसाधारण लगानीकर्तालाई र १८ लाख कित्ता विभिन्न संघसंस्थालाई बिक्री गर्ने छ । उक्त ऋणपत्रमा न्यूनतम आवेदन २५ कित्तादेखि अधिकतम आवेदन सम्पूर्ण कित्ता रहेको छ । लगानीकर्ताहरुले यस ऋणपत्र नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त सि-आस्वामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन ।

यसको निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । यो ऋणपत्रलाई इक्रा नेपाल लिमिटेडले पर्याप्तमात्रामा सुरक्षा जनाउने रेटिङ्ग दिएको छ । ऋणपत्र निष्काशन बन्द हुने मिति छिटोमा २०७७ असोज २० गते र ढिलोमा असोज ३० गते रहेको छ ।