neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ५०० नाघ्यो

नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ५०० नाघ्यो

Oct 1st, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, १५ असोज

नेपालमा कोरोना सङ्क्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा नेपालमा थप ११ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको जानकारी दिए ।मृत्यु हुनेमा १ महिला र १० पुरुष रहेका छन्।

मृत्यु हुनेमध्ये महिलामा बाँकेकी ३४ वर्षिय र पुरूषमा सुनसरीका ५६,५० र २७ वर्षिय तीन जना,काठमाडौंका ७८ र ६८ वर्षिय दुई जना,भक्तपुरका ६८ वर्षिय ,ललितपुरका ४८ वर्षिय र रुपन्देहीका ८०,५५र ४२ वर्षिय तीन जना रहेका छन्।

यससँगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ५०९ पुगेको छ । यसअघि बुधवार कोरोना भाइरसका कारण १० जनाको मृत्यु भएको थियो।