neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • कुटपिट गरी घाइते बनाएको अभियोगमा पक्राउ

कुटपिट गरी घाइते बनाएको अभियोगमा पक्राउ

Oct 1st, 2020

ललितपुर, १५ असोज

३३ बर्षीया महिलालाई कुटपिट गरी घाइते बनाएको अभियोगमा काठमाडौं कीर्तिपुर बस्ने कैलाली घर भएका ३२ वर्षीय वीरेन्द्र मल्ललाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ती महिलालाई मल्लले ४ महिना अगाडिदेखि विबाह गर्छु भनि राखेकोमा गर्भवती भएको थाहा पाएपश्चात ललितपुर नगरपालिका-४ मा कुटपिट गर्दा बच्चा खेर गएको तथा महिला घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले मल्ललाई पक्राउ गरेको हो । घाइते महिलाको सुमेरु सिटी अस्पताल पुल्चोकमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi