neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • नक्कली परीक्षा संचालन गरेको अभियोगमा पक्राउ

नक्कली परीक्षा संचालन गरेको अभियोगमा पक्राउ

Oct 1st, 2020

पर्सा, १५ असोज

राष्ट्रिय अनुसन्धान सहायक सूचकको नक्कली परीक्षा संचालन गरेको अभियोगमा बारा जितपुर सिमरा उपमहानगरपालिका-७ बस्ने २९ वर्षीय अजय कुमार राय सहित ८ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

वीरगंज महानगरपालिका-५ कुमाल टोलस्थित देव पार्टी प्यालेसमा उक्त अनुसन्धानको सहायक सूचकको परीक्षा संचालन भईरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरीले रायले प्रहरी निरीक्षकको नक्कली पोसाक लगाई परीक्षा संचालन गरिरहेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । साथै उक्त परीक्षामा पुरुष १९ र महिला २ गरी जम्मा २१ जना परीक्षार्थी उपस्थित रहेको भेटिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi