neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • बैकिङ कसुर मुद्धामा फरार प्रतिवादी पक्राउ

बैकिङ कसुर मुद्धामा फरार प्रतिवादी पक्राउ

Oct 1st, 2020

काठमाडौ, असोज १५

बैकिङ कसुर मुद्धामा फरार प्रतिवादी पक्राउ परेकाछन । महानगरीय प्रहरी परिसर जावलाखेल ललितपुरका अनुसार बैंकिङ कसुरका फरार प्रतिवादी हेमकाजी महर्जन डंगोललाई पक्राउ गरिएको हो ।

परिसरका अनुसार २०७१ मंसिर २१ गते बैकिङ कसुर मुद्धामा उच्च अदालत पाटनबाट तीन वर्ष कैद र एक करोड ६५ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका ललितपुर गोदावरी न।पा। १२ ठेचो बस्ने ६० बर्षिय हेमकाजी महर्जन डंगोललाई पक्राउ गरिएको हो ।

प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरी टोलीले खोज तलास गर्ने क्रममा आज बिहिबार ल.पु.जि. गो.न.पा. १२ ठेचोबाट प्रकाउ गरी कैद तथा जरिवाना अशुली तर्फ आवश्यक कारवाहीको लागि ललितपुर जिल्ला अदालत पठाईएको प्रहरीले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi