neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • महानगरीय अपराध महाशाखाको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न

महानगरीय अपराध महाशाखाको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न

Sep 30th, 2020

काठमाडौ, असोज १४

महानगरीय प्रहरी कार्याल,रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले बुधबार दिउसो महानगरीय अपराध महाशाखा मिनभवनको निरीक्षण तथा कर्मचारीहरूलाई निर्देशन सम्बोधन गरे ।

निर्देशन कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेले नेपाल प्रहरीको सफलताको सुचक अपराध अनुसन्धान भएकाले लोभ लाभमा नपरी निश्पक्ष,पारदर्शी र भेदभाव रहित अनुसन्धान गरि पिडितलाई न्याय दिनु पर्ने बताए ।

महाशाखा अनुसन्धानको बिशिष्टिकृत क्षेत्र भएकाले प्राप्त सूचनाको सहि विश्लेषण गरी तल्काल सेवा प्रवाह गर्न निर्देशन दिदै प्रहरीको अनुसन्धानले नै दोषी प्रमाणित हुने र पीडितले न्याय प्राप्त गर्ने भएकाले गहनरूपमा सफल अनुसन्धान गर्नुपर्ने बताए । अपराध अनुसन्धानमा पोख्त जनशक्ती महाशाखामा भएकाले आफ्नो जिम्मेवारीमा कुनै कसर बाकी नराखि कार्य गर्नु पर्ने बताए ।

कोभिड १९ का कारण लकडाउन अबधी समाप्त भई व्यपारिक क्षेत्रहरू खुलेको र आशन्न चाडपर्वमा घटना घटन सक्ने भएकाले त्यसलाई निराकरण गर्ने गरी कार्य गर्न निर्देशन दिदै लोभ, लाभमा टाढा रहनु भन्दै कुनै पनि कमि कमजोरीलाई पनि आफुले एक्सक्युज गर्न नसक्ने, कारवाही गर्ने र उत्कृष्ट सेवा प्रवाह गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत समेत गर्ने बताए ।

aadharbhumi
aadharbhumi
aadharbhumi