neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • आजको काम आजै, टाढाको लागि प्राथमिकता” : कार्यवाहक अध्यक्ष बुढाथोकीको प्रतिवद्धता

आजको काम आजै, टाढाको लागि प्राथमिकता” : कार्यवाहक अध्यक्ष बुढाथोकीको प्रतिवद्धता

Sep 30th, 2020

काठमाडौ, असोज १४

प्रेस काउन्सिलबाट प्रवाह हुने सेवालाई थप प्रभावकारी बनाउन नयाँ शैली अवलम्बन गरिने, आजको काम आजै सम्पादन गर्नेे कार्यवाहक अध्यक्ष बुढाथोकीको प्रतिबद्धतापत्रमा उल्लेख छ । काउन्सिलले अबदेखि उपत्यकाबाहिर टाढाबाट आउने सेवाग्राहीलाई पहिलो प्राथमिकता दिएरप्रक्रिया पुगेको अवस्थामा सोही दिन वा २४ घण्टाभित्र काम फत्ते गर्ने जनाइएको छ । ‘उपत्यकाबाहिर टाढा–टाढा बाट आउने सेवाग्राही (विशेष गरी कर्णाली, सुदूरपूर्व र सुदूरपश्चिमबाट आउनेलाई विशेष प्राथमिकता दिइनेछ ।

कार्यवाहक अध्यक्ष बुढाथोकीले साँघु साप्ताहिकको सम्पादक नरहने जानकारी समेत गराउनुभएको छ । आज १० बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गर्दै कार्यवाहक अध्यक्ष बुढाथोकीले प्रेस काउन्सिलको कार्यवाहक अध्यक्ष पदमा रहुञ्जेलसाँघु साप्ताहिकको सम्पादक पदमा नरहने बताउनुभएको हो । उहाँले पदमा रहुञ्जेलकुनैपनि सञ्चारमाध्यमको सम्पादक र राजनीतिक दल तथा सङ्घ–सङ्गठनमा नरहने घोषणा गर्नुभएको छ ।

‘यही असोज ९ गते कार्यवाहक अध्यक्षमा नियुक्त हुनुभएका बुढाथोकीले काउन्सिलको नेतृत्वमा रहँदा कार्यालय समयभन्दा बाहिर कार्यालयको सवारीसाधन प्रयोग नगर्ने प्रतिबद्धता जनाउनुभएको छ । ‘विशेष काम र परिस्थितिबाहेक कार्यदिन र कार्यालय समयभन्दा बाहिर कार्यालयको सवारीसाधन प्रयोग गरिने छैन । सार्वजनिक बिदाको दिन कार्यालयको कामबाहेकसवारी साधन र अन्य सेवा प्रयोग गरिने छैन । सार्वजनिक बिदाको दिन कार्यालयको साधन प्रयोग गर्दा प्रयोजन स्पष्ट उल्लेख गरी अभिलेखपश्चात् प्रयोग गरिने छ । कार्यवाहक अध्यक्षका हैसियतमा प्राप्त सेवा सुविधा र खर्च (इन्धनलगायत) सकेसम्म कटौती गरी मितव्ययी बनाउन प्रयत्न गर्नेछु ।’ प्रतिबद्धतापत्रमा भनिएको छ ।

अनलाइनको श्रेणीकरणको लागि पहल गरिने

बुढाथोकी आमसञ्चारका नयाँ–नयाँ माध्यम र प्रविधिको व्यवस्थापनाका लागि नीतिगत पहल गर्ने बताउनुभएको छ । उहाँले अनलाइनको नियमन र सुविधाको लागिश्रेणीकरण हुनुपर्ने उल्लेख गर्नुभएको छ । ‘अनलाइन सञ्चारमाध्यमको वस्तुस्थिति तथा संरचनाबारे सर्भेक्षण गरी उनीहरूको अवस्था, सम्प्रेषित सामग्रीको प्रभाव, आचारसंहिता पालना, सामाजिक उत्तरदायित्व बहनलगायतका आधारमा श्रेणी निर्धारण गर्न सरोकार पक्ष र सम्बन्धित विज्ञहरू सम्मिलित बैठक/छलफलबाट समयसापेक्ष कार्यविधि बनाई निश्चित मापदण्डका आधारमा श्रेणी तोकी सहजीकरण एवं यसबारे बजेटमा उल्लेखित विषयको मूर्तरूपमा कार्यान्वयनको लागि पहल गरिनेछ।’ बुढाथोकीद्वारा जारी प्रतिबद्धतापत्रमा भनिएको छ । यस्तै काउन्सिलले गर्दै आएको पत्रपत्रिका वर्गीकरण सम्परीक्षणको काम अघि बढाउन पहल गर्ने बताउनुभएको छ ।

उहाँले आफ्नो पारिश्रमिकको १० प्रतिशत रकम सामाजिक सेवा, असहाय, अपाङ्गता भएका बालबालिका र राष्ट्रिय महत्वका अनुसन्धान तथा खोजमा संलग्न व्यक्ति÷संस्थाको लागि उपलब्ध गराउने पनि बताउनुभएको छ ।

१६ बुँदे प्रतिबद्धतापत्रमा युट्युबको नियमन र पेसागत शुद्धीकरणको लागि पहल गर्ने, सबैसँगको समन्वय र सहयोगमा पत्रकारिता क्षेत्रको श्रीवृद्धिको लागि प्रयासरत रहने भन्दै प्रतिबद्धता कार्यान्वयनमा सम्बद्ध सबैको सहयोगको अपेक्षा गरिएको छ । प्रतिबद्धतापत्रको पूर्ण पाठ यसैसाथ संलग्न गरिएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi