neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • उपत्यकामा ३ सहित ७ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु ,मृत्यु हुनेको सङ्ख्या ४९८ पुग्यो

उपत्यकामा ३ सहित ७ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु ,मृत्यु हुनेको सङ्ख्या ४९८ पुग्यो

Sep 30th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, १४ असोज

नेपालमा कोरोना सङ्क्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा नेपालमा थप ७ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको जानकारी दिए ।मृत्यु हुनेमा २ महिला र ५ पुरुष रहेका छन्।

मृत्यु हुनेमध्ये काठमाडौंकी ३४ र ८६ वर्षिय दुई महिलामा र पुरूषमा सुनसरीका ६० वर्षिय ,मोरोङका ६० वर्षिय,सप्तरीका ३९ वर्षिय ,काठमाडौंका ५४वर्षिय दुई,र रुपन्देहीका ८३ वर्षिय पुरुष रहेका छन्।

यससँगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ४९८ पुगेको छ । यसअघि मंगलबार कोरोना भाइरसका कारण १० जनाको मृत्यु भएको थियो।

aadharbhumi
aadharbhumi
aadharbhumi