आधारभूमि संवाददाता
काठमाडौं, असोज १४
साउन महिनासम्ममा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ०.१ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ०.४ प्रतिशतले घटेको थियो ।
वार्षिक बिन्दुगत आधारमा २०७७ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १९ प्रतिशतले बढेको छ ।
२०७७ साउनमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ७.७ प्रतिशत, ३२.२ प्रतिशत र ५०.६ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अंश क्रमशः ७.९ प्रतिशत, ३२.९ प्रतिशत र ४८.० प्रतिशत रहेको थियो ।
२०७७ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४३.८ प्रतिशत रहेको छ । २०७६ साउन मसान्तमा यस्तो निक्षेपको अंश ४४.७ प्रतिशत रहेको थियो ।
आर्थिक वर्ष २०७७/७८ को पहिलो महिनामा रिभर्स रिपोमार्पmत् ६० अर्ब तरलता प्रशोचन गरिएको छ । अघिल्लो वर्षको सोही अवधिमा निक्षेप संकलन उपकरणमार्फत रु.३० अर्ब तरलता प्रशोचन भएको थियो भने स्थायी तरलता सुविधामार्फत रु. ३ अर्ब ३० करोड तरलता प्रवाह गरिएको थियो ।
साउन महिनासम्मा यस बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु) बाट अमेरिकी डलर ४३ करोड ५७ लाख खूद खरिद गरी रु.५२ अर्ब १९ करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर १७ करोड ८६ लाख खूद खरिद गरी २० अर्ब ११ करोड तरलता प्रवाह गरिएको थियो ।
महामारीका कारण बैंक तथा वित्तीय सस्थाबाट प्रवाह हुने कर्जामा कमि आएको छ । यो वर्षका साउन सम्ममा निजी क्षेत्रबाट प्रवाह हुने कर्जामा शुन्य दशमलव ५ प्रतिशतले कमि आएको छ । जबकी अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ०.५ प्रतिशतले बढेको थियो ।
साउन महिना सम्ममा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ०.६ प्रतिशतले र वित्त कम्पनीहरुको ३.१ प्रतिशतले घटेको छ भने विकास बैंकहरुको कर्जा प्रवाह ०.९ प्रतिशतले बढेको छ ।
२०७७ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६६.१ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२.७ प्रतिशत कर्जा चालु सम्पत्तिको धितोमा प्रवाह भएको छ ।
२०७६ साउन मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६४.१ प्रतिशत र १३.६ प्रतिशत रहेको थियो ।
आर्थिक वर्ष २०७७/७८ को पहिलो महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा १.८ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा १.४ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा १.६ प्रतिशतले घटेको छ भने निर्माण क्षेत्रतर्फको कर्जा ०.२ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा २.३ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा १.५ प्रतिशतले बढेको छ ।
त्यस्तै घर तथा सवारी जस्ता क्षेत्रमा प्रवाह हुने आवधिक कर्जा १.४ प्रतिशतले, डिमान्ड तथा चालु पुँजी कर्जा ०.५ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ०.१ प्रतिशतले र मार्जिन प्रकृति कर्जा ०.३ प्रतिशतले बढेको छ भने ओभरड्राफ्ट कर्जा २.२ प्रतिशतले, ट्रष्ट रिसिट (आयात) कर्जा ९ प्रतिशतले र हायर पर्चेज कर्जा १.४ प्रतिशतले घटेको छ ।