neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • लामो समयदेखि बन्द रहेको तातोपानी नाका असोज १९ गतेदेखि खुल्ने

लामो समयदेखि बन्द रहेको तातोपानी नाका असोज १९ गतेदेखि खुल्ने

Sep 29th, 2020

आधारभूमि संवाददाता

काठमाडौं , असोज १३

लामो समयदेखि बन्द रहेको तातोपानी नाका आगामी असोज १९ गतेदेखि खुल्ने भएको छ । नेपाली र चिनियाँ पक्षबीच मंगलबार सिन्धुपाल्चोकमा भएको द्वीपक्षीय बैठकले लामो समयदेखि बन्द रहेको नाका असोज १९ देखि खोल्ने निर्णय गरेको हो ।

चीनसँगको महत्त्वपूर्ण व्यापारिक नाका मानिने तातोपाानी नाका लामो समयदेखि बन्द भएका कारण व्यवसायीका डेढ सयभन्दा बढी कन्टेनरमा सामान थन्किएको थियो ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी (सीडीओ)उमेश ढकालका अनुसार असोज १८ गतेभित्र आवश्यक सबै तयारी गर्ने र १९ गतेदेखि नाका सञ्चालनमा ल्याउने निर्णय भएको छ ।

नाका खुलाउन माग गर्दै व्यवसायीहरुले लामो समयदेखि सरकारी निकायलाई दवाव दिंदै आएका थिए । तातोपानी नाकाभन्दा माथि रहेको चिनियाँ भूभागमा पर्ने ‘क्यानोन कु’ ताल विष्फोटन हुन लागेकोले त्याँको पानीको सहत घटाउने भन्दै नाका बन्द गरिएको थियो ।

सो नाका संगै अहिले चीनसँगको अर्को नाका रसुवागढी समेत प्रभावित रहेको छ । तर नाका खुलाउन परराष्ट्र मन्त्रालयले चीनसँग आवश्यक पहल नगरेको व्यवसायीले आरोप लगाएका छन् ।

नाका खुले पछि सीमामा सामान लोड तथा अनलोड गर्दा सम्बन्धितको पीसीआर नेगेटिभ रिपोर्ट हुनुपर्नेछ जनाइएको छ । त्यस्तै भने अन्य स्वास्थ्य सुरक्षा सावधानीसमेत अपनाएर नाका सञ्चालनमा आउने छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi