काठमाडौं, असोज १२
संयुक्त राष्ट्रसंघको महापरामर्सदाताको हैसियत प्राप्त अन्तर्राष्ट्रिय गैह्रसरकारी संस्था युनिभर्सल पीस फेडेरेशन प्रबर्धनमा आयोजित दोस्रो ¥याली अफ होप आइतबार सम्पन्न भएको छ । तीन घण्टासम्म चलेको कार्यक्रमलाई सउटोमे एण्ड प्रिन्सिपेका राष्ट्रपति इभारिस्तो कार्भाल्हो, कम्बोडियाली राष्ट्रसभाका अध्यक्ष सम्देच हेङ् सम्रिन, गणतन्त्र फिलिपिन्सका पूर्व सभामुख, जोसे डि भेनेसिया जुनियर, युरोपेली कमिसनका पूर्व अध्यक्ष जोसे मानुअल बारोसो, नाइजेरियाका पूर्व राष्ट्रपति गुडलक जोनाथन, पाकिस्तानका पूर्व प्रधानमन्त्री युसुफ राजा गिलानी, पूर्व अमेरिकी उपराष्ट्रपतिहरू रिचार्ड चेन्नी र डान क्वाले तथा पूर्व सिनेटर डान बर्टन, युपिएफका अन्तर्राष्ट्रिय अध्यक्ष डा.थोमस वाल्स लगायत १२ जना विश्वनेताहरूले सम्बोधन गरेका छन् ।
कोभिड १९ महामारिले सृजना गरेको प्राबधानका कारण भर्च्युअल रुपमा कार्यक्रम संञ्चालन गरेको कार्यक्रम आयोजक समितिका अध्यक्ष डा. युन योङ्ग होले बताए । उनकाका अनुसार १९४ मुलुकका बीस लाख दर्शक सहभागिहरूलाई भर्च्युअल टिकेट वितरण गरिएको थियो भने कार्यक्रमलाई अनलाइन तथा अन्य टेलिभिजन, सामाजीक सञ्जाल मार्फत दश करोड भन्दा बढी दर्शकहरूले हेरेका थिए । सम्मेलनमा ‘अन्तरनिर्भरता, पारस्परिक समृद्धि र विश्वव्यापी मूल्यमान्यता’ बिषयमा बत्ताहरुले आफ्नो घारणा राखेका थिए । सम्मेलनले मानव हित तथा पृथ्वीको भविष्य उत्तरदायि नेतृत्वको हातमा निर्भर रहेको कुरामा जोड दिएको थियो ।
सम्मेलनका वक्ताहरूले संसारले भोग्नुपरेको अकल्पनीय महामारी र चुनौतिहरूको सामना गर्न तथा विश्व र मानवतालाई आशाको सन्देश प्रवाह गर्नका लागि आपसी सहयोग तथा सहकार्यका लागि अपील गरका छन् । बत्ताहरुले कोभिड १९ का कारण छाएको सुस्ता र निस्कृयताका बिचमा पनि यूनिभर्सल पीस फेडेरेसनले विश्व शान्ति र मानवताका लागि निरन्तर काम गरिरहेको बताए ।
२८ मिनेट लामो आफ्नो सम्बोधनमा यूपिएफ कि सहसंसापक, डा. हाक जा हान मुनले आज मानवताले भोग्नु परेको आधारभूत समस्याहरूको जड भनेको स्वार्थी इच्छाहरू र असीमित लोभ भएको भन्ने कुरालाई पटक पटक दोर्याएकी थिइन् । ‘मानवजातिको स्वार्थी प्रवृत्तिका कारण मानव इतिहास निरन्तर निरन्तर द्वन्द्व, विभाजन र कलहले चित्रित इतिहास बनेको छ, जुन अहिलेसम्म पनि जारी छ ।’
डा.मुनले विशेष गरी चीन, अमेरिका र कोरियालाई भावि पुस्ताहरूमा हस्तान्तरण गरिने सांस्कृतिक तथा वातावरणीय विरासतको बारेमा बोल्दै चीनले गोविको मरुभूमिको द्रूरत्तर विस्तारलाई रोक्नुपर्ने बताईन् । मुनले अमेरिकाले ईश्वरबाट प्राप्त आशिर्वादलाई शिरोधार्य गर्दै परिवारको रुपम संसारलाई त्यो आशिर्वादलाई संपूर्ण मानवतामाझ पुर्याउन काम गर्नुपर्दछ भने कोरियाले बुबाआमालाई सन्तानोचित प्रेम दिने संस्कृतिमा आधारित विरासतमा फर्कनु पर्नेमा जोड दिईन् । मानव संसाधनलाई युद्धमा प्रयोग हुने हातहतियारमा प्रयोग गर्ने चलनको अन्य गर्नुपर्ने युगको आगमन भइसकेको भन्दै उनले युद्धलाई बढावा नदिइकन पनि संसारमा धनी र सम्पन्न बन्न सम्भव भएको बताईन् ।
संयुक्त राष्ट्रसंघको महापरामर्सदाताको हैसियत प्राप्त अन्तर्राष्ट्रिय गैह्रसरकारी संस्था संस्था युनिभर्सल पीस फेडेरेशन (यूपीएफ) स्थापनाको १५ औं बार्षिक उत्सवको अवसर पारेर आयोजित भव्य र्यालीमा कोरियाको प्रख्यात बाल कलाकार समूह लिटल एन्जलस फोक ब्याले एवं पूर्वमन्त्री समेत रहेका कोरियाली अभिनेता तथा गायक किम मयोङ्ग गोनले संगीतिक प्रश्तुती दिएका थिए ।
स्मरण रहोस् शान्ति स्थापनाको संयुक्त राष्ट्रसंघीय मिसनलाई निजी क्षेत्रबाट सहयोग पुर्याउनका लागि स्वर्गीय डा. सन म्योङ्ग मुन तथा उनकी धर्मपत्नी डा. हाक जा हान मुनले अमेरिकाको न्युयोर्कमा सन् २००५ को सेम्टेम्बर १२ मा युनिभर्सल पीस फेडेरेसनको स्थापना गरेका थिए । गत अगष्ट ९ मा विभिन्न १८८ प्रशारण स्टेसनहरू मार्फत संसारभर प्रसारित पहिलो भर्च्युअल र्याली अफ होपलाई विश्वभरबाट करोडौ दर्शकहरूले हेरेका थिए, जसलाई कम्बोडियाली प्रधानमन्त्री सम्देच हुन सेन, संयुक्त राष्ट्रसंघका पूर्व महासचिव बान कि मुन लगायत विश्वनेताहरूले सम्बोधन गरेका थिए ।