neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • नाका कडाइ नगर्दा भयावह अवस्था आयो : फोरम सचिव श्रेष्ठ

नाका कडाइ नगर्दा भयावह अवस्था आयो : फोरम सचिव श्रेष्ठ

Sep 27th, 2020

भक्तपुर, ११ असार /रासस

उपत्यका नगरपालिका फोरमका सचिव एवं मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले कोरोना भाइरस सिंहदरबार प्रवेश नगरेसम्म नियम बनाउनेहरुको चेत नखुल्ने बताउनुभएको छ । रफत् सञ्चार क्लबले आज भक्तपुरमा आयोजना गरेको अन्तरक्रियामा उहाँले नगरपालिका फोरमले पटकपटक सिमा नाका कडाइ गर्न गरेको आग्रह अटेर गर्दा भयावह अवस्था आएको बताउनुभयो ।

फोरमका सचिव श्रेष्ठले देशभरको सङ्क्रमितको सङ्ख्याको ५० प्रतिशत सङ्क्रमित उपत्यकामा देखिनु र नियन्त्रणमा जिम्मेवार निकायले लापरवाहीकै कारण कोरोना नियन्त्रण बाहिर पुगेको बताउनुभयो । “हामीले सीमा नाका कडाइ गरौँ, उपत्यका जोगाउन बाहिरी जिल्लाबाट प्रवेश गर्न नदिऔँ र उपत्यकाभित्र लकडाउन खोलौँभन्दा प्रशासनले मानेन,” उहाँले भन्नुभयो ।

उपत्यकामा डरलाग्दो अबस्थामा सङ्क्रमण बढ्दै समुदायमा फैलिएको बताउदै उहाँले उपत्यकाबाट अव दशैं र तिहारको समयमा बाहिर जानेबाट देशैभर कोरोना सङ्क्रमणको दर वृद्धि हुने अवस्था रहेकाले सर्तकता अपनाउन आवश्यक रहेको भनाइ राख्नुभयो । अब लकडाउनको अर्थ नभएको बताउँदै उहाँले भाइरस सङ्क्रमण बढी भएको क्षेत्रमा निषेधाज्ञा लगाउन भने सकिने बताउदै दशैं तिहारसम्म सङ्क्रमितको सङ्ख्याले एक लाख नाघ्ने बताउनुभयो । उपत्यका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको निषेधाज्ञा कागजमै सीमित बन्दा उपत्यकामा महामारी फैलिएको उहाँको भनाइ थियो ।

सम्पदा पुनःनिर्माण तथा जीर्णोद्धार फोटो पुस्तक विमोचन

नेपाल मजदूर किसान पार्टीका सचिव एवम् सङ्घीय सांसद प्रेम सुवालले ‘सम्पदा पुनःनिर्माण तथा जीर्णोद्धार’ नामक फोटो पुस्तकको बिमोचन गर्नु भएको छ । भक्तपुर नगरपालिकाले २०७२ सालको भूकम्पबाट भत्केका र क्षति पुगेका सम्पदाहरूको संक्षिप्त विवरणसहित हालसम्म सम्पन्न गरेका र निर्माणाधीन सम्पदाहरूको विवरण समेटिएको पुस्तकको आज अनलाइन ९जुम० मार्फत उहाँले विमोचन गर्नुभयो ।

विश्व पर्यटन दिवसको अवसरमा भक्तपुर नगरपालिकाद्वारा आयोजित कार्यक्रममा सांसद सुवालल कोभिड­१९ सङ्क्रमणको खतरा बढेसँगै बाह्य पर्यटनमा परेको असरका कारण देशको अर्थतन्त्र खस्कँदै गएको हुँदा आन्तरिक पर्यटनलाई नै जोड दिएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरको संक्षिप्त परिचयसहित पुनःनिर्माण र जीर्णोद्धार सम्पन्न सम्पदाको विवरणसहित २३० पृष्ठको फोटो पुस्तक प्रकाशनमा ल्याएको बताउदै बन्दाबन्दीको समयमा पनि नपाले सम्पदा जीर्णोद्धारलाई प्राथमिकतामा राखी अगाडि बढाइरहेको जानकारी दिनुभयो ।

सो अवसरमा भक्तपुर नपाले हालसम्म १०३ वटा सम्पदा सम्पन्न गरेको, त्यसको लागि रु. २४ करोड २३ लाख ९ हजार खर्च भएको तथा ३४ वटा निर्माणाधीन सम्पदाको लागि रु सात करोड ५४ लाख ९९ हजार खर्च भएको जानकारी दिइएको थियो । नपाका उपप्रमुख रजनी जोशी, भक्तपुर नपा वडा नं। ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्व, प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठ, पर्यटक सेवा केन्द्रका प्रमुख गौतमप्रसाद लासिवालगायतले कोरोना भाइरसले पारेको असरका बारेमा चर्चा गर्नुभयो ।

aadharbhumi
aadharbhumi
aadharbhumi