neapl investment mega bank aadharbhumi aadharbhumi

तास खेलिरहेको अवस्थामा नौ जना पक्राउ

Sep 27th, 2020

कैलाली, ११ असोज

धनगढी उपमहानगरपालिका-२ बोगटी चोकस्थित कृष्ण सिंहको घरमा तास खलिरहेको अवस्थामा नगद ९ जनालाई ७५ हजार २ सय १० रुपैयाँ र २ गड्डी तास सहित शनिबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा कञ्चनपुर कृष्णपुर नगरपालिका-९ बस्ने ३४ वर्षीय राम बहादुर ऐर, भिमदत्त नगरपालिका-६ बस्ने ४३ वर्षीय जनक राज जोशी, बझाङ केदारस्यु गाउपालिका-४ बस्ने ३३ वर्षीय नरेन्द्र मल्ल, सोही ठाउँ बस्ने २८ वर्षीय मिलन भण्डारी, कैलाली धनगढी उपमहानगरपालिका-२ बस्ने ४० वर्षीय पवन भाट, सोही उपमहानगरपालिका-१ बस्ने २७ वर्षीया नितु चन्द, सोही उपमहानगरपालिका-२ बस्ने ३८ वर्षीय दिल बहादुर सिंह, सोही उपमहानगरपालिका-३ बस्ने ३८ वर्षीय शेर बहादुर साउद र चुरे गाउँपालिका-३ बस्ने ३८ वर्षीय नर बहादुर धामी रहेका छन् ।

कृष्ण सिंहको घरमा तास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi