काठमाडौ, असोज ११
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अर्को बैठक यही असोज १५ गते बस्ने भएको छ । राप्रवाका अध्यक्ष कमल थापाको अध्यक्षतामा आज आईबार बसेको पार्टीको केन्द्रीय सचिबालय कार्य व्यवस्था समितिको बैठकले पुुन अर्को बैठक बस्ने निर्णय गरेको हो ।
उक्त बैठकमा अध्यक्षद्वय पशुपतिशम्शेर ज.ब.रा., डा.प्रकाशचन्द्र लोहनी र बरिष्ठ नेता गणको उपस्थिति रहेको थियो । बैठकले पार्टीको जिल्ला तहको समायोजन र भातृ संगठनहरुको केन्द्रीय तहहरुको समायोजन आगामी २०७७ असोज २१ गतेसम्ममा गर्न सम्बन्धित जिल्ला समिति र संगठनहरुलाई समन्वय गर्ने जिम्मेवारी केन्द्रीय सचिवालयलाई दिइएको छ । यसैगरी केन्द्रीय सचिबालय कार्य व्यवस्था समितिको अर्को बैठक २०७७ साल असोज १५ गते पुनः बस्ने निर्णय गरेको छ ।