आधारभूमि संवाददाता
काठमाडौं, असोज ११
सरकारले नेपाल कृषि अनुसन्धान परिषद (नार्क) को कार्यकारी निर्देशकमा डा। दीपक भण्डारीलाई नियुक्त गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद बैठकले भण्डारीलाई कृषि मन्त्रालयको सिफारिसमा कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको हो । सिफारिस समितिको सिफारिसका आधारमा भण्डारीलाई कार्यकारी निर्देशक नियुक्त गरेको हो ।
यो पद तीन वर्षदेखि रिक्त रहेको थियो । डा. भण्डारी यसअघि नार्कको उपनिर्देश थिए ।
त्यस्तै आइतबारको मन्त्रिपरिषद बैठकले सातै वटा प्रदेशमा इजरायली प्रविधियुक्त बागवानी केन्द्र स्थापनाका लागि एमओयू गर्ने निर्णय गरेको छ ।
इजरायलले नेपालमा निर्माण गर्न लागेको वागवानी केन्द्रको स्थापनाका लागि एमओयू गर्ने अधिकार इजरायलका लागि नेपाली राजदूतलाई दिने निर्णय मन्त्रिपरिषदले गरेको छ ।
त्यसैगरी नेकपाका दुई अध्यक्षबीच आज बिहान भएको छलफलमा मन्त्रीमण्डल हेरफेर गर्नेबारे पनि छलफल भएको वताइएको छ । तर त्यसबारे मन्त्रिपरिषदमा कुनै प्रसंग नआएको स्रोतले वतायो ।