neapl investment mega bank
  • गृहपृष्ठ
  • प्रवासबाटै नेपाली गीतको मोहः ज्योतीले ल्याइन् ‘यो कस्तो माया’ (हेर्नुस् भिडियाे)

प्रवासबाटै नेपाली गीतको मोहः ज्योतीले ल्याइन् ‘यो कस्तो माया’ (हेर्नुस् भिडियाे)

Sep 27th, 2020

काठमाडौ, असोज ११

‘न सहारा दिन्छ तिम्रो मायाले, न छुट्करा दिन्छ तिम्रो मायाले ।’ ‘यो कस्तो माया लाएछु मैले, न छुट्न सकिन्छ, न जुट्न सकिन्छ । ‘यी शब्दले कुनै पनि मायाप्रेममा बाँधिएका सुन्दर जोडीको जिवनका भोगाइमा मेल खान्छ । यस गीतकी लेखक हुन् ज्योती गुरुङ । उनले यस गीतमार्फत विदेशमै भए पनि प्रवासबाटै सांगीतिक क्षेत्रमा मौलिकताको बाटो रोजेकी छन् । स्याङ्जा जिल्ला स्थायी घर भएकी गीतकार गुरुङ विगत केही वर्ष अगाडिदेखि युकेमा बसोबास गर्दै आएकी छन् । प्रायः कलाकारीता क्षेत्रमा स्याङ्जा जिल्लाकै कलाकार बढी भएको पाइन्छ ।

आफू प्रवासमै भए पनि मातृभूमि देश नेपाल र मौलिक गीत संगीतको मोहले तानेपछि यस ‘यो कस्तो माया’ नाम गरेको हरेक मायाप्रेममा गाँसीने जोडीका यथार्थ विषयलाई चित्रण गरेर गीत बजारमा ल्याएको रचनाकार गुरुङले बताइन् । उनका कलमी हातले कोरेका प्रेम प्रसंगका शब्दको गीतमा चर्चित गायिका मेलिना राईले समधुर आवाजमा स्वर दिएकी छन् ।

त्यस्तै, उक्त गीतमा गायक एवं संगीतकार अर्जुन सुनामले संगीत भरेका छन् भने बिबी अनुरागको संगीत संयोजन रहेको छ । प्रिज्म स्टुडियोमा रेकर्ड गरिएको गीतलाई श्यामस्वेत रसाइलिले मिक्सिङ गरेका हुन् । गीतको मर्म र शब्दको भाव अनुसार नै कडा मिहेनतले गीतमा संगीत भरेको संगीतकार अर्जुन सुनामले जानकारी दिए ।

जेजी क्रियशनको युट्यूब च्यानलमार्फत गीतको भिडियो सार्वजनिक गरिएको छ । युकेकै विभिन्न रमणिय स्थानमा उक्त भिडियो छायांकन गरिएको गीतकार गुरुङले जमनकारी दिइन् । प्रायः नेपाली गीत संगीतको भिडियो विदेशमा छायांकन भएर बजारमा आएको कमै मात्रामा पाइन्छ ।
यस गीत र भिडियोले नेपाली गीत र म्युजिक भिडियो विदेशमा पनि छायांकन हुँदो रहेछ भन्ने सांगीतिक क्षेत्रमा उदाहरण कायम गरेको छ । कुशल श्रेष्ठले उक्त भिडियो निर्माण गरेका छन् । उनले निर्देशन, छायांकन र सम्पादन समेत एक्लै गरेका हुन् । त्यस्तै, धुर्व निरौला, निरु कोइराला, आस्था जोशी र बाल कलाकार स्वस्था जोशी बटाजुको त्यस भिडियोमा अभिनय रहेको छ ।

यस गीत रेकर्डिङदेखि भिडियो निर्माणसम्म नेपालबाट गीतकार तथा राष्ट्रि लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष रमेश बिजीले महत्वपूर्ण भूमिका निभाएर सहयोग गरेको गीतकी रचानाकार ज्योती गुरुङले बताइन् । उनले सुरुमै नेपालबाट आफूलाई युके जानमा पनि अध्यक्ष बिजीको महत्वपूर्ण साथ एवं भूमिका रहेकोसमेत जानकारी दिइन् ।

आगामी दिनमा पनि यस सांगीतिक क्षेत्रदेखि विविध विषयमा रमेश बिजीकै साथ र सहयोगले अघि बढ्ने आशा लिएको बताइन् । ‘उहाँको धेरै महत्वपूर्ण भूमिकाबाट म यो स्थानमा आएको छु, बाँकी दिनमा पनि उहाँकै साथले सांगीतिक क्षेत्रमा अघि बढ्ने आशा लिएको छु’, गुरुङले भनिन् ।
कलाकार बन्न चाहने र नेपाली गीत संगीतको मौलिकतालाई कदर गर्नेलाई हरेक कोणबाट साथ दिने अध्यक्ष रमेश बिजीले बताए । यस ‘यो कस्तो माया’ गीतले नेपाली गीत संगीतको मौलिकता बोकेको उनले जिकिर गरे ।

‘विदेशी भूमिमा रहेर पनि ज्योती जिको नेपाली गीत संगीतको चासो र मोहप्रति मलाई गर्वको महसुस् भएको छ, सुरुवातमै प्रवासबाट मौलिक गीत बजारमा ल्याएर उहाँ नेपाली सांगीतक बजारमा एक उदाहरणिय कलाकार बन्नुभएको छ’, अध्यक्ष बिजीले भने ।

https://www.youtube.com/watch?v=d7vvpc5tK_M&feature=youtu.be