neapl investment mega bank aadharbhumi aadharbhumi

काठमाडौं उपत्यकामा थपिए ८०९ संक्रमित

Sep 27th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, ११ असोज

काठमाडौंमा थप ८०९ जनामा कोभिड–१९ का सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उपत्यकामा ८०९ जनाको पिसिआर पोजेटिभ आएको बताए ।

नयाँ संक्रमितमा काठमाडौंमा ६३३,ललितपुरमा १०४ र भक्तपुरमा ७२ जना रहेको प्रवक्ता गौतमले जानकारी दिए । यसअघि शनिबार उपत्यकामा ७२४ सङ्क्रमित थपिएका थिए।

नेपालमा आइतबार थप १५७३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै सङ्क्रमितको सङ्ख्या ७३ हजार ३९४ पुगेको छ । पछिल्लो २४ घण्टामा ८८५ जनाले कोरोना जितेका छन् । योसँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या ५३ हजार ८९८ पुगेको छ ।हालसम्म ९ लाख ८८ हजार ३२७ जनाको पीसीआर परीक्षण गरिएको छ।

aadharbhumi
aadharbhumi
aadharbhumi