आधारभूमि संवाददाता
काठमाडौं, ११ असोज
भारतमा कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरुको संख्या ५९ लाख ९६ हजार भन्दा बढी पुगेको छ । स्रोतको अनुसार कुल सङ्क्रमितको संख्या ५९ लाख ९६ हजार ८२३ पुगेको हो । ती मध्ये ८८ हजार ६०० जना पछिल्लो २४ घण्टामा थपिएका छन् ।
कुल सङ्क्रमित मध्ये ९ लाख ६० हजार ६३७ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् । त्यस बाहेक ४९ लाख ४१ हजार ६२७ जना सङ्क्रमणमुक्त भएका छन् ।
भारतमा अहिलेसम्म ९४ हजार ५५९ जनाको कोरोनाभाइरसकै कारण मृत्यु भएको छ । ती मध्ये एक हजार १२४ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको छ ।
चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।
पछिल्लो विवरण अनुसार अमेरिकामा कुल सङ्क्रमितको संख्या ७२ लाख ८७ हजार ५९३ पुगेको छ । त्यसैगरी यहाँ कुल मृतकको संख्या २ लाख ९ हजार १७७ पुगेको छ ।
स्रोत: वर्ल्डोमीटर