neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • डलर देखाई रकम लुटपाट गरेको अभियोगमा पाँच जना पक्राउ

डलर देखाई रकम लुटपाट गरेको अभियोगमा पाँच जना पक्राउ

Sep 27th, 2020

भक्तपुर, असोज ११

सूर्यबिनायक नगरपालिका २ बालकोटस्थित रोज भिलेज नजिकबाट काठमाडौं धापासी बस्ने व्यक्तिलाई डलर देखाई नेपाली पाँच लाख रुपैंया लुटेको अभियोगमा ५ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं गोकर्णेश्वर नगरपालिका १ बस्नेहरु सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ घर भएका ३६ वर्षीय खेल बहादुर तामाङ, ३३ वर्षीय रेल बहादुर तामाङ, भक्तपुर मध्यपुर ठिमी नगरपालिका ९ बस्नेहरु सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ६ घर भएका ५६ वर्षीय श्याम बहादुर तामाङ, २५ वर्षीय रामकृष्ण तामाङ र ३२ वर्षीया कान्छी तामाङ रहेका छन् ।

लुटपाटको खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले घटनामा संलग्न उनीहरुलाई भक्तपुर मध्यपुर ठिमी नगरपालिका ९ बाट पक्राउ गरेको हो । उनीहरुको साथबाट नगद दुुई लाख ४२ हजार नौ सय ३५ रुपैयाँ, पाँच थान मोबाइल, दुुई थान मोटरसाइकल र दुुई बण्डल डलर भनि झुक्काउन तयार गरिएको कागजको बिटो समेत प्रहरीले बरामद गरेको हो ।

साथै २०७७ साउन ८ र १९ गते मध्यपुर ठिमी नगरपालिका ९ र ५ बाट सात लाख रुपैयाँ, २०७७ भदौ ३१ गते मध्यपुर ठीमी नगरपालिका २ बाट पाँच लाख रुपैयाँ, २०७७ असोज ६ गते मध्यपुर ठिमी नगरपालिका ९ बाट नौ लाख ८० हजार रुपैयाँ नगद लुटपाट भएको घटनामा समेत उनीहरुको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । उनीहरु उपर आवश्यक अनुसन्धान भइरहेको तथा अन्य लुटपाटका घटनामा संलग्न रही फरार रहेका अन्य व्यक्तिहरुको खोजी गरिरहेको उक्त परिसरले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi