neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • कालिका मिडियाको वादविवादमा माडीका भुपराज पाठक प्रथम

कालिका मिडियाको वादविवादमा माडीका भुपराज पाठक प्रथम

Sep 27th, 2020

भरतपुर, असोज ११

कालिका मिडियाको १८ आँै वार्षिकोत्वसको अवसरमा आयोजित अपाङगता भएका व्यक्तिबीचको वादविवाद प्रतियोगितामा चितवनको माडीका भुपराज पाठक प्रथम भएकाछन । “कोरोना माहामारी की हाउगुजी” शिर्षकमा गरीएको वादविवाद कार्यक्रममा सहभागि २८ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै पाठक ७६ अंकका साथ प्रथम भएकाछन । पाठक नेपालमै पहिलो पटक ब्रेललिपी मार्फत समाचार पढ्ने व्यक्तिको रुपमा समेत परिचित रहेकाछन ।

त्यस्तै सर्लाहीका रविनकुमार महत्तो ७४ दशमलव ३३ अंकका साथ द्धितीय भएकाछन । उनले तृतीय हुनुभएका बाग्लुङ्गका दिपक अधिकारीले भन्दा शुन्य दशमलव ३३ अंक बढि ल्याएर द्धितीय भएका हुुन । अधिकारीले ७४ अंक प्राप्त गरेका थिए । यस्तै बिष्णु खनाल र सुनिता ज्ञवाली समान ७२ अंकका साथ सान्त्वना भएकाछन ।

अपाङ्गता भएका व्यक्तिहरुको प्रतिभा प्रस्फष्ुटनका लागि आयोजित वादविवाद प्रतियोगिताको निर्णायकको रुपमा साहित्यकारद्धय डि.आर. पोखरेल, केदारनाथ खनाल र प्राध्यापक डा. नारायणप्रसाद खनाल रहेका थिए । बिजेताहरुलाई आक्रषक पुरस्कार बितरण भने बार्षिकोत्सव समापनको दिन अर्थात आगामी असोज २६ गते गरिने कालिका मिडियाका निर्देशक दिपक पौडेलले बताए ।

हरेक वर्ष जस्तो सबै वर्ग र क्षेत्रलाई समेट्दै यसवर्ष पनि कोरोना कहरको बिचमा समेत केही महत्वपुर्ण कार्यक्रमलाई निरन्तरता दिईएको हो । भर्चुअल माध्यमबाट आयोजित हरेक कार्यक्रम कालिका एफ.एम ९५.२ र कालिका एचडीबाट प्रत्यक्ष प्रसारण भईरहेका छन् ।

यस्तै आज कालिकाको चौतारीमा कलाकार, स्रोता र दर्शक कार्यक्रममा भर्चुअल माध्यमबाटै गायिका राधिका हमाल र गायक शिव परियारसंग अन्तरंग कुराकारी गरिएको छ । यसअघि असोज ८ गते देवघाटमा रहेका वृद्धवृद्धालाई सम्मान कार्यक्रम, हिजो (शुक्रबार) कृषिमा आधुनिकीकरण र अवसर विषयक अन्तरक्रिया सम्पन्न भइसकेका छन् । आईवार कालिकाको चौतारीमा संगितकार दिपक शर्मा र शब्द सर्जक रमेश बिजि आउनुहुनेछ । गत असोज ८ गतेदेखि सुरु भएको वार्षिकोत्सवका कार्यक्रमहरु असोज २६ गतेसम्म जारी रहनेछ ।

aadharbhumi
aadharbhumi
aadharbhumi