neapl investment mega bank
  • गृहपृष्ठ
  • नबिल बैंकद्वारा नबिल ग्रीन पीन सेवा सुभारम्भ,अब कुनै पनि एटिएमबाट आफ्नो कार्डको पिन सेट अथवा रिसेट गर्न सकिने

नबिल बैंकद्वारा नबिल ग्रीन पीन सेवा सुभारम्भ,अब कुनै पनि एटिएमबाट आफ्नो कार्डको पिन सेट अथवा रिसेट गर्न सकिने

Sep 27th, 2020

काठमाडौ, असोज ११

आफ्ना डेविट, क्रेडिट, तथा प्रिपेड कार्ड प्रयोगकर्ताहरुलाई सहज र सुरक्षित रुपमा बैंकको कुनै पनि एटिएमबाट कार्डको पिन सेट अथवा रिसेट गर्ने सुबिधा प्रधान गर्न नबिल बैंकले नबिल ग्रिन पिन सेवाको सुरुवात गरेको छ । नयाँ पद्धतीको बैंकिङ्ग सेवा र सुविधा आफ्ना ग्राहक महानुभावहरुलाई उपलब्ध गराउन सधैं तत्पर नबिल बैंकले ग्रिन पिन सेवा मार्फत आफ्ना नयाँ ग्राहकलाई नयाँ पिन सेट गर्न र पूराना ग्राहक महानुभावहरुलाई बिर्सिएको पिन स्वयम्ले रिसेट गर्ने सुबिधा प्रधान गरेको छ ।

यस सन्दर्भमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले भने “अब हाम्रा ग्राहकहरुले बैंकद्वारा जारी गरिएको कुनै पनि कार्डको पिन सेट गर्नु परेमा वा पिन बिर्सिएमा बैंक शाखामा आएर पिन रिसेटका निम्ति आवेदन दिईरहनु पर्दैन । अब ग्राहक महानुभावहरुले नजिकैको नबिल बैंकको एटिएमबाट सहजै आफैले पिन रिसेट गर्न सक्नेछन । ग्रिन पिन मार्फत पिन सेट अथवा रिसेट गर्न ग्राहक महानुभावहरुले नजिकैको नबिल बैंकको एटिएममा गई कार्ड मसिनमा राखेर जेनेरेट ओटीपी फर पीन मेनु छान्नु पर्नेछ । त्यस पश्चात ग्राहक महानुभावहरुले बैंकमा दर्ता गर्नु भएको मोबाइल नम्बरमा २४ घण्टाको म्याद रहेको ओटिपी प्राप्त हुनेछ । त्यस पश्चात ग्राहक महानुभावहरुले इन्टर ओटिपी टु चेन्ज फर पीन मेनु छनौट गरि प्राप्त भएको ओटिपी राखेर पिन सेट अथवा रिसेट गर्न सक्नेछन ।

बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले ग्रिन पिन सेवा मार्पmत बैंकले पिन प्रिन्ट गर्न प्रयोग हुने कागजको र पिनलाई प्याक गर्न प्रयोग हुने प्लास्टिकको उपभोग घटाउ“दै वातावरण मैत्री सेवाको सुभारम्भ गरेको विज्ञप्ति दिएका छन् । विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको समयमा यसरी जुनसुकै स्थान र समयमा पिन सेट तथा रिसेट गर्न सकिने सुविधाले ग्राहक महानुभाहरुलाई सुरक्षित र सहज सेवा प्राप्त हुने भन्ने बैंकको अपेक्षा छ ।

नबिल बैंक निजि क्षेत्रको अग्रणी बैंक हो । यसका देश भरी ११९ शाखाहरु र १८५ एटिएम काउण्टरहरु रहेका छन् । नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेलेको छ । देशको पहिलो डिजिटल बैंक बन्ने उद्देश्यले हालै नबिल बैंकले नबिल डिजी बैंकको स्थापना गरेको हो ।साथै यसले नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ र यसले ग्राहकको सन्तुष्टि सहित आधुनिक बैंकिङ्ग युगको शुरुवात गर्नु आºनो व्यवसायलाई ग्राहकहरुको उच्च सन्तुष्टि प्रदान गर्ने तर्फ केन्द्रित गरेको छ ।