neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • उपत्यकामा ४ सहित ८ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु ,मृत्यु हुनेको सङ्ख्या ४६७ पुग्यो

उपत्यकामा ४ सहित ८ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु ,मृत्यु हुनेको सङ्ख्या ४६७ पुग्यो

Sep 26th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, १० असोज

नेपालमा कोरोना सङ्क्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा नेपालमा थप ८ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको जानकारी दिए ।मृत्यु हुनेमा उपत्यकामा ४ सहित ८ पुरुष रहेका छन्।

मृत्यु हुनेमध्ये काठमाडौंका २० र७४ वर्षिय एकर एक गरि २ पुरूष ,ललितपुरका ७६ वर्षिय एक पुरूष ,भक्तपुरका ८८ वर्षिय एक पुरूष,सप्तरीका ६३ वर्षिय एक पुरूष ,मकवानपुरका ७४ वर्षिय एक पुरूष,रुपन्देहीका ७२ वर्षिय एक पुरूष र कैलालीका ३० वर्षिय एक पुरूष रहेका छन्।

यससँगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ४६७ पुगेको छ । यसअघि शुक्रबार कोरोना भाइरसका कारण ६ जनाको मृत्यु भएको थियो।

aadharbhumi
aadharbhumi
aadharbhumi