neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • शनिबार काठमाडौं उपत्यकामा थपिए ७२४ संक्रमित

शनिबार काठमाडौं उपत्यकामा थपिए ७२४ संक्रमित

Sep 26th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, १० असोज

काठमाडौंमा थप ७२४ जनामा कोभिड–१९ का सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उपत्यकामा ७२४ जनाको पिसिआर पोजेटिभ आएको बताए ।

नयाँ संक्रमितमा काठमाडौंमा ५८३,ललितपुरमा ७८ र भक्तपुरमा ६३ जना रहेको प्रवक्ता गौतमले जानकारी दिए । यसअघि शुक्रबार उपत्यकामा ६४५ सङ्क्रमित थपिएका थिए।

नेपालमा शनिबार  थप १२०७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै सङ्क्रमितको सङ्ख्या ७१ हजार ८२१ पुगेको छ । पछिल्लो २४ घण्टामा ११४७ जनाले कोरोना जितेका छन् । योसँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या ५३ हजार १३ पुगेको छ । हालसम्म ९ लाख ७८ हजार २०४ जनाको पीसीआर परीक्षण गरिएको छ।

aadharbhumi
aadharbhumi
aadharbhumi