neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • नेपाली सेनामा नेतृत्व संवाद २०७७ कार्यक्रमको शुरुवात

नेपाली सेनामा नेतृत्व संवाद २०७७ कार्यक्रमको शुरुवात

Sep 25th, 2020

काठमाडौ, असोज ९

नेपाली सेनाले नेतृत्व संवाद २०७७ कार्यक्रमको सुुरुवात गरेको छ । शुक्रबार प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाबाट “नेतृत्व संवाद २०७७ कार्यक्रम शुरु भएको हो ।

प्रधानसेनापतिको प्रत्यक्ष कमाण्डमा रहेका कार्यालय, विभाग, निर्देशनालय तथा आठ वटा पृतनाका पृतनापतिहरु एवं प्रधानसेनापति कार्यालयका स्टाफहरुलाई सहभागी गरी आजको कार्यक्रम संचालन गरिएको थियो । विगतका वर्षमा कमाण्डर, स्टाफ र फौजको विचमा प्रत्यक्ष नेतृत्व संवाद गरिदै आएकोमा कोभिड १९ सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै कार्यक्रम भिटीसी अर्थात भिडियो टेलि कन्फिरेन्स मार्फत सञ्चालन गरिएको थियो ।

नेपाली सेनालाई पद्धति र प्रणालीमा आधारित सक्षम सङ्गठनको रुपमा स्थापित गर्दै लैजान तथा नेतृत्व वर्गलाई देश र जनता, सङ्गठन, मातहतका फौज र आफ्नो कर्तव्यप्रति जिम्मेवार बनाउने हेतुले २०७५ सालबाट “नेतृत्व संवाद कार्यक्रम“ शुरु गरिएको हो । २०७५ सालमा “सैनिक आचरणः संस्थाको अपेक्षा र मेरो जिम्मेवारी“ तथा २०७६ सालमा “नैतिकता र सदाचारः नेपाली सेनाको आधार“ मूल सन्देशहरुमा आधारित भई विभिन्न संवाद शिर्षकहरुमा नेतृत्व संवाद सञ्चालन गरिएको थियो भने यस वर्ष, “सिपाहीको योगदानः राष्ट्र र राष्ट्रवासीको उत्थान मूल सन्देश सहित तीन संवाद शिर्षकहरुमा नेतृत्व संवाद गरिँने सेनाले जनाएको छ ।

यस अन्र्तगत “सैनिक तालिमः वृत्ति विकासरपदोन्नतिको लागि हो कि दक्षता र क्षमता अभिवृद्धिको लागि, “योगदान र प्रतिफलः कुन बढी महत्त्वपूर्ण –मैले नेपाली सेनालाई के दिएँ कि नेपाली सेनाले मलाई के दियो र “व्यक्तिगत र व्यवसायिक सम्बन्धः कर्तव्यपरायणता र वफादारिता संस्थाप्रति कि व्यक्तिप्रति भन्ने बिषयमा संवाद गरिने छ ।

यो नेतृत्व संवाद कार्यक्रम प्रधानसेनापतिबाट प्रत्यक्ष मातहतका कार्यालयरविभागीय प्रमुख, पति तथा स्टाफहरुसँग सुरु भई प्रधानसेनापतिको संवादमा सहभागीहरुबाट आफु मातहतका अधिकृत, पदिक तथा अन्यक दर्जासँग तहगत र क्रमिक रुपमा नेपाली सेना भरि नै २०७७ चैत्रभित्र सम्पन्न हुने गरी सञ्चालन गरिने छ । नेपाली सेनामा विद्यमान रहेका विभिन्न अभ्यास र प्रवृत्तिहरु सम्बन्धमा सबै तहमा खुला अन्तर्क्रिरया एवम् छलफल गरी सङ्गठन हित विपरीतका विकृति र विसङ्गतिहरु हटाउँदै नेतृत्व वर्ग लगायत सकल दर्जामा सैनिक आचरण, अनुशासन, मुल्यमान्यता र नैतिकतामा थप विकास गर्ने लक्ष्य सहित यस किसिमको नेतृत्व संवाद कार्यक्रम शुरु गरिएको हो ।

अनुशासित, क्षमतावान, चरित्रवान एवम् निष्ठावान सैनिक व्यक्ति, स्थायी र गतिशील पद्धति र प्रणाली मार्फत् नेपाली सेनालाई भरपर्दो, विश्वसनीय साथै सक्षम सङ्गठन निर्माणमा यस नेतृत्व संवाद कार्यक्रमले दिशानिर्देशन गर्नुको साथै अबको “सुदृढीकरण र दीगोपनाको वर्षमा पद्धति र प्रणालीहरुलाई थप सुदृढ र मजबुत बनाउन सकलदर्जामा थप उर्जा समेत सञ्चार हुने विश्वास नेपाली सेनाले लिएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi