neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • बागलुङ टेलिकमले शुरु गर्यो स्वच्छ शहरको अभियान

बागलुङ टेलिकमले शुरु गर्यो स्वच्छ शहरको अभियान

Sep 25th, 2020

काठमाडौ, असोज ९

नेपाल टेलिकम दूरसञ्चार कार्यालय बागलुङले शहर भरीका पोलमा यत्रतत्र झुण्डिएका टेलिफोन तथा इन्टरनेटका तारलाई निकाल्ने (डिस्मेन्टल) तथा व्यवस्थित गर्दै स्वच्छ र सफाशहर बनाउने अभियान सूचारु गरेको छ । धौलागिरि अञ्चलको चारवटै जिल्ला सदरमुकामबा एकसाथ सूचारु गरिएको उक्त अभियान अन्तर्गत शहरी क्षेत्रको सुन्दरतामा ह्रास आउन नदिन बजार क्षेत्रमा रहेका टेलिफोन तथा इन्टरनेटका सम्पुर्ण पुरानातारहरू हटाईने नेपाल टेलिकम बाग्लुङ लेखा कार्यालयका कार्यालय प्रमुख बरिष्ठ इन्जिनियर केशव शर्माले बताए ।

यसरी निकालिएका पुराना तारहरुलाई एकत्र गरी लिलामी प्रक्रिया अनुरुप व्यवस्थापन गरिने टेलिकम बागलुङका लेखाप्रमुख दिनेश अर्यालले बताए । लिलामी प्रक्रिया अनुरुप उक्ततारहरु बिक्री गर्दा कम्पनीको राजश्व समेत अभिबृद्धि हुने छ भने शहरी सुन्दरता समेत बढ्ने उनले बताए ।
नेपाल टेलिकम दूरसञ्चार कार्यालय बागलुङले यसअघि रहेको कपर नेटवर्कलाई विस्थापनगर्दै उच्चगतिको फाइबर नेटवर्कमा आधारित एफ.टि.टि.एचविस्तार तथा माइग्रेसनको कार्यलाई सम्पन्न गरिसकेको छ । साथै धौलागीरी अञ्चलका चारवटै जिल्ला सदरमुकामहरुमा एफ.टि.टि.एच नेटवर्क विस्तार भई सेवावितरण समेत भईरहेको छ । जसअनुसार बागलुङमा करिब तीन हजार, बेनीमा एक हजार दुई सय, पर्वतको कुश्मामा एक हजार दुई सय, र जोमसोममा करिब चार सय पचास लाईन विस्तार गरिसकेको दूर सञ्चार कार्यालय बागलुङका प्रमुख शर्माले बताए ।

नेपाल टेलिकमको पोल प्रयोग गरि सेवावितरणगरिरहेका अन्य ईन्टरनेट सेवाप्रदायकहरु एवं केवल टेलिभिजन सेवाप्रदायकहरु जसले पोल भाडाभुक्तानी गरेका छैनन ति सेवाप्रदायकहरुको तारसमेत हटाईने जानकारी कार्यालय प्रमुखले गराए ।

aadharbhumi
aadharbhumi
aadharbhumi