neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • उपत्यकामा २ सहित ६ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु ,मृत्यु हुनेको सङ्ख्या ४५९ पुग्यो

उपत्यकामा २ सहित ६ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु ,मृत्यु हुनेको सङ्ख्या ४५९ पुग्यो

Sep 25th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, ९ असोज

नेपालमा कोरोना सङ्क्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा नेपालमा थप ६ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको जानकारी दिए ।मृत्यु हुनेमा ३ महिला र ३ पुरुष रहेका छन्।

मृत्यु हुनेमध्ये महिलामा काठमाडौं,मोरङ र कपिलवस्तुकि एक/एक गरि ३ र पुरूषमा मोरङ ,सप्तरी र ललितपुरका एक/एक गरि ३ जना रहेका छन्।

यससँगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ४५९ पुगेको छ । यसअघि बिहीबार कोरोना भाइरसका कारण १७ जनाको मृत्यु भएको थियो।

aadharbhumi
aadharbhumi
aadharbhumi